कर्णालीमा कोरोना भाइरसको जोखिम बढ्दै।

0

जेठ १६ सुर्खेत, भारतबाट आएकाहरुको प्रदेस नाकामा आवश्यक परिक्षण नहुदाँ कर्णाली प्रदेसमा कोरोना भाइरसको संक्रमण जोखिम बढेको छ ।

प्रदेस सरकारले भारतबाट आएकाहरुको प्रदेस नाका मै आरडीटी विधिबाट कोरोना परीक्षण गर्ने निर्णय गरेपनि किट अभाव लगाएका कारण यो प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

भारतबाट आउनेहरुलाइ सीमा नाका बबइबाट आवश्यक चेकजाँच नै नगरी गाडीमा  कोचाकोच गरि जिल्ला जिल्ला पठाउँदा जोखिम बढेको जनगुनासो छ ।

यसैगरी प्रदेस सरकार र स्थानिय सरकारबिच आवश्यक समन्वय नहुदाँ तथा क्वारेन्टाइमा उचित बसोवास, खाना र प्रभावकारी अनुगमन हुन नसक्दा बाहिर निस्कने भाग्ने समेत गरेकाले जोखिम बढेको छ।

यता कोरोना संक्रमितको संख्या बढिरहेको बेला कर्णाली प्रदेशमा भने कोरोना संक्रमण परीक्षण गर्ने किट अभाव हुदाँ पीसीआर परिक्षणले गती लिन सकेको छैन।

अहिले सुर्खेतको प्रयोगशालामा थ्रोट स्वाबको नमूना संकलन गर्ने भाइरस ट्रान्सपोर्ट मिडियम भीटीएम र प्रोसेसिङ गर्ने सामग्रीको अभाव रहेको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशक रीता भण्डारीले किट लगाएतका आवश्यक सामग्री सकेसम्म छिटो ल्याउन पहल भइरहेको भन्दै अहिल्यै अभाव भने नभएको दाबी गर्नुभयो

भारतबाट बबइ नाका हुँदै जेठ महिनामा मात्रै १६ हजार भन्दा बढी नागरिक कर्णाली भित्रिएको आन्तरिक मामिला कानून मन्त्रालयको तथ्याँक छ।

अहिलेसम्म जम्मा १२ हजार ७९९ जनाको मात्र र्यापिड टेष्ट गरिएको छ भने करिब चार हजारको पीसीआर परिक्षण गरिएकोमा केहिको रिपोर्ट आउँन बाँकी छ ।

सीमा नाकामै परीक्षणको व्यवस्था गर्नुपर्नेब

यसैबिच प्रदेश विपद व्यवस्थापन समितिको बैठकले भारतीय सीमा नाकामै परीक्षणको व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेको छ ।

भारतबाट फर्किने नागरिकको संख्या ठूलो भएकोले मन्त्रिपरिषदको बैठकले पनि महामारी रोकथाम गर्न भन्दै नेपाली सेना परिचालनको अनुमति मागेको छ ।

सुर्खेतमा थ्रोट स्वाबको नमूना परीक्षणको भार बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा थप स्वाब पठाउन थालिएको छ ।

पछिल्लो समय स्थानीय तह र जिल्लाले समेत स्वाब पठाउन थालेपछि परीक्षणका लागि जुम्ला पठाउन थालिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताउनु भएको छ ।

नियमित पत्रकार सम्मेलनमा उहाँले सुर्खेत र दैलेखमा संकलन गरिएका केहि स्वाब पनि जुम्ला पठाएको बताउनु भयो ।

कर्णालीमा ५५० वटा आइसोलेशन बेड रहेकोमा ४८ जना आइसोलेसनमा रहेको उहाँको भनाइ छ।

Share.

About Author

Leave A Reply