कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या एक हजार नाघ्यो।

0

असार १, कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या एक हजार  नाघेको छ।

जेठ पाँच गते पहिलो पटक कर्णालीमा देखिएको कोरोना अहिले दैनिक संक्रमित दर बढ्दै गएको छ।

भारतबाट कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर थपिंदै गएको हो।

आज मात्रै कर्णालीमा थप १ सय १० जना नयाँ संक्रमित फेला पेरसंगै संक्रमितको संख्या एक हजार नाघेको छ।

आज सुर्खेत र जुम्लाको प्रयोगशालामा गरिएको परिक्षणमा दैलेखका ९१ र सुर्खेतका १९ जनामा संक्रमण देखिएको हो।

योसंगै कर्णालीमा संक्रमितको संख्या १ हजा ७७ पुगेको छ।

आज संक्रमण देखिनेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका ८ लेकबेशीका ४ बराहताल र  चौकुनेका समान तिन /तिन  र सिम्ताका एक जना रहेका छन्।

१०७ जनाको परिक्षण पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र ३ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको हो।

यसैबीच सुर्खेतमा संक्रमितको संख्या हालसम्म २ सय ३१ पुगेको छ भने सबै भन्दा धेरै दैलेखमा ६ सय २९ पुगेको छ।

यस्तै सल्यानमा १ सय ३७, कालिकोटमा २८, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २ र हुम्ला डोल्पा र रुकुमपश्चिमा एकएक जना देखिएका छन।

कर्णालीमा तिन जनाले कोरोनाकै कारण ज्यान गुमार्इसकेका छन।

Share.

About Author

Leave A Reply