कर्णालीमा जलाधार क्षेत्रको तापक्रम बढ्दै।

0

पुष-३० सुर्खेत।जलवायू परिवर्तनका कारण कर्णाली जलाधार क्षेत्रमा वर्षेनी औषत तापक्रम शून्य दशमलव २७ डिग्री सेल्यिसले बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ।आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको कर्णालीमा जलवायू परिवर्तनका असर कम गर्न आकाशेपानी संकलन विषयक कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।हावापानीमा देखिएको फेरबदलकै कारण वर्षातको क्रम घट्दै गएको, हिउँपर्ने समयमा पानी पर्ने र सुक्खा याममा अझैं सुक्खा हुने गरेका कारण बाढीपहिरोको जोखिम बढ्दै गएको जनार्इएको छ।कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णालीमा जलवायू परिवर्तका प्रभावसंग जुध्नु कठिन हुने भन्दै त्यसका लागि बेलैमा योजना बनाई कार्यान्वयन गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो।मन्त्री बुढाले जलवायू परिवर्तनको असरलाई कम गर्न हाइटेक प्रविधि र वृक्षारोपणको नीति अवलम्बन गरिएको जिकिर गर्नुभयो।फरक प्रसंगमा मन्त्री बुढाले सुर्खेतमा रहेको क्षेत्रीय हावापानी कार्यालय सार्ने निर्णय केन्द्र सरकारले गर्ने पनि सुर्खेतमा यथावत राख्नमा आफुले पहल गरिरहेको जानकारी पनि दिनुभयो।कार्यक्रममा पूर्व सभासद नरबहादुर विष्टले औद्योगिक रुपले विकसित मुलुकहरुले गरेको हरितग्याँस उत्सर्जनका कारण नेपालजस्ता कम विकसिल मुलुक जलवायू परिवर्तनको चपेटामा परेको उल्लेख गर्नुभयो।यसैगरी नेपाल सरकारका पूर्व सचिव मोहन गुरुंगले जलवायू अनुकूलनका लागि परम्परागत विधिका साथै नयाँ वैज्ञानिक प्रविधि दुबैको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कूलमणि देवकोटाले जलवायू परिवर्तनकै कारण पानीका मुहानहरु सुक्दै जाँदा समस्या झनै बढ्दै गएको जिकिर गर्नुभयो।कार्यक्रममा जलवायू परिवर्तन तथा आकाशेपानी संकलन सम्बन्धी विस्तृत जानकारी सहितको मोबाइल एप्लीकेशन आकाशे पानीको पनि उद्घाटन गरिएको छ।कार्यक्रम वन तथा वातावरण मन्त्रालयका सहसचिव डा ऋषिराम शर्माको अध्यक्षतामा भएको हो।

 

 

Share.

About Author

Leave A Reply