कर्णालीमा मानव बेचबिखन बढ्याे।

0

भदाै २१-सुर्खेत।कर्णाली प्रदेसमा पछिल्लो तीन वर्षमा मानव बेचबिखन बढीरहेको पार्इएको छ।यो प्रदेसबाट आर्थिक २०७५/२०७६ मा ८ जना बेचबिखनमा परेको प्रहरीको तथ्याँक छ।सुर्खेतका तीनजना दैलेखमा दुर्इ सल्यान कालिकोट र रुकुमका एक एक जना बेचबिखनमा परेको प्रदेस प्रहरीले जनाएको छ।मानव बेचबिखनको बिरुद्दको दिवसमा अवसरमा बीरेन्द्रनगरमा भएको कार्यक्रममा प्रदेस प्रहरीका एसपी भोला बहादुर गवलले यस्तो जानकारी दिनुभयो।यस सम्वन्धी तथ्याँक पेश गर्दै उहाँले आर्थिक वर्ष २०७४/२०७५ मा ६ जना र २०७३/२०७४ मा तीन जना बेचबिखनमा परेको बताउनु भयो।पछिल्लो तीन वर्षमा सुर्खेतका ८,जुम्लाका,३ दैलेखका २, सल्यानका २ रुकुममा १ र कालीकोटमा १ गरी १७ जना बेचविखन तथा ओसारपोसारमा परेका छन।कर्णाली प्रदेसमा भएको मानव बेचविखन तथा ओसारपोसार सम्बन्धीको अवस्था आज सार्वजानिक भएको हो।यसैगरी यस सम्बन्धी सात वटा मुद्दा अनुसन्धानका क्रममा रहेको प्रहरीको भनार्इ छ।कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले पनि कर्णाली प्रदेसमा भएको मानव बेचपवखन रोक्न सबैको सहकार्य आवश्यक रहेको भन्दै परिवारपनि सचेत हुनुपर्ने बताउनु भयोः सामाजिक विकास मन्त्रालयका सचिव डा मानबहादुर बिकेको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का, नवज्योति केन्द्रका जरमाया बाँठा लगाएतले बेचबिखन बिरुद्द एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

Share.

About Author

Leave A Reply