कर्णालीमा याे वर्ष ३६ हजार भन्दा बढीले एसईई परिक्षा दिने।

0

फागुन २८-सुर्खेत।कर्णाली प्रदेसबाट यसपाली ३६ हजार भन्दा बढीले कक्षा १० को एसईई परिक्षा दिने भएका छन ।

शिक्षा विकास निर्देशालय सुर्खेतका उपसचिव मोतिप्रसाद शर्माले यसपाली कर्णाली प्रदेसका १० जिल्लाबाट गरी ३६ हजार २९९ जनाले परीक्षा दिने भन्दै १७६ वटा परिक्षार्थी केन्द्र  रहेका बताउनु भयो। 

कर्णाली प्रदेको राजधानी सुर्खेतमा सबैभन्दा बढी ८ हजार ७११परीक्षार्थी रहेका जिल्लामा ३२ वटा परिक्षा केन्द्र तोकिएको छ ।

सुर्खेतमा परिक्षा दिने साधारण नियमित तर्फ ७ हजार ९ सय ३५ र प्राविधिक नियमित तर्फ १ सय १५ रहेको बताउनु भयो ।

यस्तै दैलेखमा ५ हजार ५७४ सल्यानमा ५ हजार १७८ जाजरकोटमा ४ हजार २११ कालिकोटमा ३ हजार ९४० रुकुम पश्चिममा ३ हजार ९१४, जुम्लामा २ हजार ५७३ परिक्षार्थी रहेका छन् ।

मुगुमा जम्मा १४ सय ४३ जना हुम्लामा १ हजार ३७ र सबैभन्दा थोरै ७२० जना परिक्षार्थी रहेको उपसचिव शर्माले बताउनु भयो । 

उपसचिव शर्माले परीक्षालार्इ व्यवस्थित  र मर्यादित बनाउन सरोकारवाला सबैलार्इ आग्रह गर्दै प्रत्यक्ष निगरानी कै लागि पाँच हजार बढी कर्मचारी परिचालन हुने बताउनु भयोः 

आउँदो चैत ६ गतदेखि हुने एसर्इर्इ परीक्षाको सबै तयारी पुरा भर्इसकेको भन्दै उहाँले  कोरोना भार्इरसका कारण परिक्षा नसर्ने प्रष्ट पार्नुभयो।

Share.

About Author

Leave A Reply