कर्णालीमा लक्षणसहितका बिरामी देखिन थाले ।

0

भदाै २९, कर्णालीमा लक्षणसहितका बिरामी देखिन थालेका छन् ।

भदौयता लक्षणसहितका संक्रमित बढ्दै गएको प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. प्रदीप न्यौपानेले बताउनुभयो ।

उहाँले प्रदेश अस्पतालको आइसोलेसनमा रहेका संक्रमितमध्ये २१ जनालाई सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार गरिएको छ ।

आईसीयूमा ५ वर्षका बच्चादेखि वृद्धसम्मकालाई राखिएको छ ।

कोरोना विशेष अस्पतालमा आइतबार ६६ जना संक्रमित उपचाररत छन्, जसमध्ये ११ जनामा लक्षण देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पनि निको भएर फर्किएका १ सय १४ जनामध्ये १५ जनामा लक्षण देखिएको थियो ।

अस्पताल निर्देशक डा. मंगल रावलका अहिले आइसोलेसनमा रहेका ५ जना संक्रमितलाई भने कुनै पनि लक्षण देखिएको छैन ।

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. न्यौपानेले यसअघि करिब ३ प्रतिशत संक्रमितमा मात्रै लक्षण देखिएकामा साउन अन्तिम सातायता १० प्रतिशतभन्दा बढी बिरामीमा लक्षण देखिएको बताउनुभयो।

एकैदिन ११० जनाले कोरोनालाइ जिते 

यस्तै प्रदेसमा आज एकैदिन ११० जनाले कोरोना भार्इरसको संक्रमणलार्इ जितेर घर फर्केका छन भने १० जनालार्इ संक्रमण पुष्टि भएको छ।

सामाजिक मन्त्रालयले कर्णाली प्रदेसमा अहिलेसम्म संक्रमित हुनेको संख्या २७ सय ८६ पुगेकोमा २५ सय ५ जना निको भएर घर फर्केको जनाएको छ।

आज सुर्खेतका विभिन्न आर्इसोलेसनबाट ६१ जना निको भएका छन भने जुम्लामा ४४ सल्यानमा ३ र जाजकाटकोटमा दुर्इ जना निको भएर घर फर्केका छन

अहिले प्रदेसबाहिरका ३० जना सहित  २७५ जना संक्रमित विभिन्न आर्इसोलेशनमा छन ।

मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले ७३४ जनाको जनाको स्वाब परिक्षण गरिएकोमा बीरेन्द्रनगरका पाँच सहित १० जनालार्इ संक्रमण पुष्टि भएको बताउनु भयो।

नयाँ थपिनेमा सुर्खेतको बीरेन्द्रनगर वडा नम्बर १० र ११ का दुर्इ दुर्इ जना तथा वडा नम्बर ८ का एक चार्ष वर्षीय बालक रहेका छन ।

यस्तै दैलेख, जुम्ला र रुकुम पश्चिमका एक एक जनालार्इ पनि संक्रमण भएको भने सुर्खेतमा स्वाब संकलन गरिएका सिराहका एक जना पनि संक्रमित भएका छन ।

थपिएकासंगै अहिलेसम्म कर्णालीमा संक्रमित हुनेको संख्या २७ सय ८६ पुगेको जानकारी छ।

प्रदेसभरी अहिलेसम्म ६७ हजार ४३३ जनाको पीसीआर परिक्षण गरिएको महाशाखाको तथ्याँक छ।

 

 

Share.

About Author

Leave A Reply