कर्णालीमा विपदमा परि ज्यान गुमाएका परिवरलार्इ राहत दिने सरकारको निर्णय।

0

मंसिर २२, कर्णाली सरकारले प्रदेशमा विपद्बाट मृत्यु भएका परिवारका ४६ लाख रकम दिने निर्णय गरेको छ।

कर्णाली सरकारको मन्त्रीपरिषदको बैठकले प्रदेशमा विपदबाट मृत्यु भएका २३ परिवारलाई राहत उपलब्ध गराउने बताएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको स्वीकृत बजेट अन्तरगतको दुर्घटना उद्धार कार्यक्रम शंसोधन गरेर राहत रकम दिने निर्णय गरिएको सरकारका प्रवक्ता विमला केसीले बताउनुभयो।

राहत रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मृतकको एकिन गरेर दोहोरो नपर्ने गरी राहत सुविधा उपलव्ध गराइने उहाँको भनार्इ छ।

यस्तै प्रदेश सरकारको बैठकले भवन निर्माण र पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान निर्माणको लागि तीन करोड ९३ लाख रकम दिन स्वीकृती दिएको छ।

सरकाले प्रहरी संरचना निर्माणमा पाँच करोड र प्रहरी तालिम केन्द्र निर्माणमा एक करोड बजेटको अख्तियारी कर्णाली प्रदेश प्रहरी कार्यालयलाई स्वीकृत प्रदान गरेको हो।

यस्तै बैठकले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले प्रस्ताव गरेको संगठन संरचना र दरवन्दी स्वीकृत गरेको छ।

 

 

Share.

About Author

Leave A Reply