कर्णालीमा संक्रमित मध्ये आधा भन्दा बढी घरमै ।

0

असोज ६,  कर्णाली प्रदेशमा कोरोना भार्इरसका संक्रमित मध्य आधा भन्दा बढी होम आइसोलेशनमा बसेका छन।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले प्रदेशका ४ सय ८० जना सक्रिय सङ्क्रमितमध्ये ५० प्रतिशत भन्दा बढी सङ्क्रमित घरमै आइसोलेशनमा बसेका जनाएको छ।

सुर्खेतमा ३ सय १५ सङ्क्रमितमध्ये १७४ जना सङ्क्रमित घरमै बसेका महाशाखाको तथ्याँक छ।

सरकारले लक्षण नदेखिएका सङ्क्रमितलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर होम आइसोलेशनमा बस्न निर्देशन दिएपछि घरमा बस्नेको सङ्ख्या बढेको हो।

अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा हेरचाहको कमी, पर्याप्त सेवा सुविधा नहुने हुँदा अधिकांश सङ्क्रमित घर तथा होटलमा बस्ने गरेका छन।

यति धेरै संख्यामा संक्रमितहरू घरमै रहँदा संक्रमण फैलने जोखिम बढेको हो।

होम आइसोलेसनमा बसेकाहरूबाट परिवार तथा समुदायमा संक्रमण सर्ने जोखिम उच्च रहेको चिकित्सकहरू नै बताउँछन।

होम आइसोलेसनमा बस्ने संख्या बढ्दै जाँदा त्यसले समस्या निम्त्याउने उनीहरूको भनाइ छ।

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले स्वयम् संक्रमित अनुशासित भएको खण्डमा मात्रै जोखिम कम हुने बताए। उनी भन्छन्, ‘होम आइसोलेसन अहिले विश्वले अपनाएको प्रणाली हो । तर, राज्यले निगरानी नगरे संक्रमण फैलिने जोखिम भने उच्च रहन्छ ।

संक्रमितलाई चिकित्सकहरूको सम्पर्कमै राख्ने र संक्रमित आफै पनि अनुशासित भए घरमै बसे पनि सुरक्षित हुने उनले जनाए ।

यसरी संक्रमित घरमै बस्दा महामारी बढाउने खतरा देखिएको हो । होम आइसोलेसनमै बस्न सिफारिस गर्नुअघि संक्रमितमा लक्षण भए÷नभएको समेत निक्र्यौल गर्ने गरिएको छैन ।

 

ज ३७ जना संक्रमित थपिए

प्रदेसमा सुर्खेतका २१ जना सहित थप ३७ जनालार्इ कोरोना भार्इरसको संक्रमण पुष्टि भएको छ।

सामाजिक विकास मन्त्रालयले सुर्खेत जुम्ला र रुकुमपश्चिमा गरी  २३१ जना जनाको स्वाब परिक्षण गरिएकोमा ३७ जनालार्इ संक्रमण पुष्टि भएको जनाएको छ।

नयाँ थपिनेमा सुर्खेतको बीरेन्द्रनगरका १० जना गुर्भाकोटका १० जना र बराहतालका एक रहेका छन।

यस्तै दैलेखका १० जना तथा जुम्ला र सल्यानका एक एक जनालार्इ पनि संक्रमण भएको छ।

यसैगरी यहाँ स्वाब संकलन गरिएका कन्चुनपुर, बैतडी ,प्यूठान र भारतका एक एक जनालार्इ पनि संक्रमण भएको छ।

थपिएकासंगै अहिलेसम्म कर्णालीमा संक्रमित हुनेको संख्या ३१ सय ७३ पुगेको छ।

९ जना निको भए

यस्तै प्रदेसबाट थप ९ जना निको भएर घर फर्केपछि निको हुनेको संख्या २६ सय ८७ पुगेको छ।

सुर्खेतबाट ५ जना रुकुमपश्चिमबाट २ र जुम्लाबाट दुर्इ जना निको भएर घर फर्केका हुन।

अहिले प्रदेस भरी ४८० जना संक्रमित विभिन्न आर्इसोलेशनमा रहेकोमा ४३२ जना कर्णाली प्रदेस र अरु अन्य प्रदेसका भएको महाशाखाले जनाएको छ।

प्रदेसमा अहिलेसम्म ७१ हजार १५५ जनाको आरटी पीसीआर परिक्षण गरिएको छ।

 

सुर्खेतका कैदीको बाँकेमा ज्यान

सुर्खेत गुर्भाकोटका एक जना कैदीको बाँकेमा ज्यान गएको छ।

कोरोना संक्रमण देखिएपछि भेरी अस्पतालमा भर्ना भएका गुर्भाकोट–४, सहारेका ५८ बर्षीय पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

उहाँलार्इ लामो समयदेखि दम र श्वास प्रश्वासको गम्भिर समस्या रहेको श्रेष्ठको भनार्इ छ।

भदौ २१ गते अस्पताल भर्ना भएका उहाँलाई भदौ २२ गते कोरोना पुष्टि भएको थियो।

सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका उहाँ दीर्घरोगी भएका कारण  थप उपचारकालागि नेपालगञ्ज रिफर गरिएको हो।

योसँगै बाँकेमा अहिलेसम्म ११ जना कोरोना संक्रमितको ज्यान गएकोमा चार जना  जिल्ला बाहिरका रहेको श्रेष्ठको भनार्इ छ।

 

 

Share.

About Author

Leave A Reply