कर्णालीमा सात जना प्रहरी सम्मानित।

0

असाेज २५ -सु्र्खेत।कर्णाली प्रदेशमा उत्कृष्ट काम गरेको भन्दै सात जना प्रहरी सम्मानित भएका छन।

६४ औं प्रहरी  दिवसको अवसरमा उत्कृष्ट काम गरेको भन्दै प्रहरी जवानदेखी प्रहरी उपरीक्षक सम्मकालार्इ सम्मान गरिएको हो।

असल चालचन र उत्कृष्ट कार्य गरेको भन्दै उनिहरुलार्इ सम्मान गरिएको हो।

सम्मानित हुनेमा प्रहरी उपरीक्षक संजीव शर्मा दास, प्रहरी नायव उपरीक्षकहरु लोकनाथ तिमिल्सेना, अरवीन्द्रप्रसाद सिंह, सिंहबहादुर खड्का, प्रहरी सहायक निरीक्षक प्रेमप्रसाद शर्मा, प्रहरी हवल्दार सुरेश हमाल र प्रहरी जवान मानबहादुर थापा रहनुभएको छ।

यस्तै अमर प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ।

कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रहरी संगठनलाई स्रोत साधनयुक्त र प्रविधिमैत्री संगठन बनाउने प्रतिवद्धता गर्नुभएको छ।

मन्त्री भण्डारीले संकटमा सम्झने प्रहरीको कार्यदक्षतालाई प्रभावकारी बनाउन स्रोतसाधन युक्त र प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो।

मन्त्री भण्डारीले मानिसले आपत पर्दा सम्झने भगवानपछि प्रहरी नै भएकोले नागरिक र प्रहरीवीचको सम्वन्धनलाई अझ बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

कर्णाली प्रदेश सरकारले यहाँका १४ वटा प्रहरी इकाईलाई पुननिर्माण गरिरहेको,१४ वटा गाडी प्रदान गरिएको जानकारी दिदैं उहाँले आवश्यक अन्य सहयोगपनि गरिरहेको बताउनुभयो।

उहाँले अमर प्रहरीका परिवारले उठाएका मागहरु पूरा गराउने पहलपनि गर्ने आश्वासन दिनुभएको छ।

यस्तै कर्णाली प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक मसऊद आलम खाँले प्रहरीका कामकारबाहीहरु नागरिकले विश्वास गर्न योग्य हुनुपर्ने बताउनुभयो।

उहाँले प्रविधिको दुरुपयोग गरी नयाँ नयाँ अपराधहरु जन्मिएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीको अनुसन्धान प्रक्रियालाई पनि प्रविधिमैत्री बनाइएको उल्लेख गर्नुभयो।

आन्तरिक सुरक्षा अपराध अनुसन्धानको रुपमा रहेको प्रहरीको विकल्प प्रहरी नै भएकोले यसलाई नागरिक स्तरसंग अझ प्रगाढ सम्बन्ध बनाउन सवैको सहयोग अपरिहार्य रहेको उहाँको भनाइ छ।

अमर प्रहरी परिवार संघका सचिव रामकुमारी थापाले अमर प्रहरीका परिवारहरुले बर्षेनी मागहरु उठाएपनि प्रहरी संगठनले त्यसतर्फ कुनै सुनुवाई नगरेको आरोप लगाउनुभयो।

उहाँले अमर प्रहरीका परिवारहरुको जीवनयापनमा प्रहरी संगठनले कुनै कदम नचालेको भन्दै बर्षमा कम्तीमा पनि एउटा माग पूरा गर्न आग्रह गर्नुभयो।

ज्यानको बलिदानी दिने अमर प्रहरीको परिवार र सशस्त्र प्रहरी तथा नेपाली सेनाका परिवारवीच छात्रवृत्ति, राहत, ऋणमा विभेद गरिएको जिकिर उहाँले लगाउनुभयो।

जीवनयापनलाई सहज बनाउने कार्यक्रमहरु ल्याउन थापाले माग गर्नुभयो।

यस्तै पूर्व प्रहरी कर्मचारी संघका अध्यक्ष दीपबहादुर खड्काले पूर्व प्रहरीहरुलाई पनि सम्मान गर्न आग्रह गर्नुभएको छ।

Share.

About Author

Leave A Reply