कर्णालीमा सामूहिक दुर्घटना बिमा गरिने।

0

असाेज २-सुर्खेत।कर्णालीका सबै प्रदेशवासीको सामूहिक दुर्घटना बिमा गर्ने भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज बीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर सवै कर्णालीवासीका लागि विपद दुर्घटना विमा कार्यक्रमको शुरुवात गरिएको जनाएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच सम्झौता भई बीमा शुभारम्भ भएको हो।

सामुहिक रुपमा गरिने विमाको प्रिमिएम वापत कर्णाली प्रदेशको कुल जनसंख्या १७ लाख ७० हजार मानेर प्रतिव्यक्ति सात रुपैयाँका दरले हुन आउने रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विमा कम्पनीलाई भुक्तानी गर्नेछ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकता प्राप्त विपद दुर्घटना विमा कार्यक्रम लागु भएको हो।

अव कर्णालीका हरेक नागरिकले १ लाख रुपैयाँको निशुल्क विमा सुविधा प्राप्त गर्ने भएका छन।

विपद र दुर्घटनाका कारण घरमा क्षति पुगेमा प्रति घर ५ लाख रुपैयाँको विमा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको कर्णाली सरकारले जनाएको छ।

विमा कार्यक्रमका लागि सरकारले चालु आवमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

Share.

About Author

Leave A Reply