कर्णालीमा २१ हजार ४ सय ४१ मेट्रिकटन खाद्यान्न अपुग ।

0

चैत २-सुर्खेत। कर्णाली प्रदेशमा २१ हजार ४ सय ४१ मेक्टि टन खाधान्न अपुग रहेको पार्इएको छ।कर्णाली प्रदेश योजना आयोगले सुर्खेतको वीरेनद्रनगर आयोजना गरेको प्रथम आवधिक योजना तर्जुमा गोष्ठीमा यस्तो तथाङक सार्वजनिक गरिएको हो। कर्णाली प्रदेश योजना आयोगले कर्णालीमा भएका विकास निर्माण, सम्भावना र चुनौतीको विषयमा गरेरको अध्यनन्  गरिरहेको छ।कर्णाली प्रदेशमा अहिले  ३० हजार ९ सय ५७ मेटिक्टन खाधन्न उपलब्ध रहेको आयोगको तथाङकमा उल्लेख गरिएको छ।आयोगका सदस्य सचिब योगेन्द्र शाहीले प्रस्तुत गरेको प्रतिवेदनमा ४ दशमलव ८ प्रतिशत मात्र खाधन्न सुरक्षित रहेको देखार्इएको छ।कर्णालीमा ३ प्रतिशतमात्र धान उत्पादन हुने गरेको छ भने गँहु ९ मकै ८ कोदो ६ प्रतिशत मात्र उत्पादन हुने गरेको छ।यस्तै कर्णालीमा सबै भन्दा धेरै जौ ४२ प्रतिशत उत्पादन हुने गरेको छ भने फाफर २२ प्रतिशत उत्पादन हुने गरेको छ।यो संगै कर्णालीमा ५ प्रतिशत मात्र खाधान्न उत्पादन हुने गरेको तथाङक सार्वजनिक भएको छ।

Share.

About Author

Leave A Reply