कर्णालीमा ६७ प्रतिशत बालबालिका कुनै न कुनै श्रममा रहेको सरकारी तथ्याँक।

0

भदाै ३०,  कर्णाली प्रदेशमा झन्डै ६७ प्रतिशत बालबालिका कुनै न कुनै श्रममा रहेको सरकारी तथ्याँक छ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले यो प्रदेसमा १५ वर्षमुनिका ६७ प्रतिशत बालबालिका श्रम गर्न बाध्य भएको जनाएको छ।

२४ प्रतिशत बालबालिकाहरु आर्थिक गतिविधिमा र ४३ प्रतिशत बालबालिकाहरु अन्य काममा संलग्न रहेको मन्त्रालयले जनाएको छ।

उनीहरुले भारी बोक्नेदेखि होटल तथा वर्कसप लगाएतका क्षेत्रमा समेत काम गर्ने गरेको पार्इएको छ।

कर्णालीका पहाडी क्षेत्रबाट बालबालिका काम गर्नकोलागि भारत समेत जाने गरेपनि यसको यकिन तथ्याँक भने छैन।

कर्णाली प्रदेशमा अझै पनि करिब ६ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क मन्त्रालयसँग छ।

कर्णालीका बिभिन्न जिल्लामा विद्यालय बाहिर रहेका बालबालिकाको संख्या करिब ३० हजार रहेको सरकारी भनार्इ छ।

अधिकारकर्मीहरुले कर्णाली बालश्रम र बालबालिका माथी हुने हिंसाको अवस्था डरलाग्दो रहेको भन्दै बालअधिकारको कुरा भाषण भन्दा व्यवहारमा लागु गर्नुपर्ने औंल्याएका छन।

कर्णालीमा कुल जनसंख्याको करिब ५२ प्रतिशत बालबालिका रहेका छन् ।

Share.

About Author

Leave A Reply