कर्णालीलार्इ अर्गानिक प्रदेश बनाउने बारे मन्त्रालयले सुझाब संकलन

0

फागुन १८ सुर्खेत,कर्णाली प्रदेसलार्इ अर्गानिक प्रदेश बनाउने योजना हचुवाको भरमा पुरा नहुने भन्दै पकेट यरिया बनाएर जानु पर्नेमा सरोकारवालाले सुझाव दिएका छन् ।
सिंगो प्रदेशलाई नै एकैपटक अर्गानिक प्रदेश बनाउने भनेर नहुने भन्दै उनीहरुले आवश्यक अध्ययन र अनुसन्धान गरेर मात्रै अर्गानीक प्रदेश बनाउने काम सुरु गर्नुपर्ने सुझाव दिएका हुन् ।
कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश निर्माणकालागि भुमि कृषि तथा सहकारी मन्त्रालयले वीरेन्द्रनगरमा गरेको सुझाव संकलनका सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।
सुर्खेतका तरकारी व्यवसायी प्रवल शाहीले अर्गानीक प्रदेश बनाउने भनेर मात्रै नहुने भन्दै लगानी गरेपछि आम्दानी हुने नहुने विषयमा मन्त्रालयले सोच्नुपर्ने बताउनु भयो ।
यस्तै गणेश शाहीले अब बिधालय कै पाठ्यक्रममा तरकारीमा रासायनिक झोलको प्रयोग गर्दा हुने बेफाईदाका विषयहरु समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
भूमि ब्यवस्थापन, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णालीलाई अर्गानीक प्रदेश निर्माण गर्नु नयाँ बाटो खन्नु सरह भएको भन्दै सरकारको योजनामा कृषकहरुको सहयोग चाहिने बताउनु भयो ।
मन्त्री केसीले खाद्यान्न र तरकारी उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने, विषादी प्रयोगमा निषेध गर्ने, बाहिरबाट आउने विषादियुक्त तरकारीलाई प्रतिबन्ध लगाउने तयारी गरिएको बताउनु भयो ।
उहाँले यसलाई पूरै कार्यान्वयनमा ल्याउन समय लाग्ने भए पनि आधार तय गर्दै विषादीमुक्त प्रदेश बनाएर छाडने प्रतिवद्धता जनाउनु भयो ।
यस्तै मन्त्रालयले कर्णालीको रैथाने बालीको संरक्षण, व्यवसायिक खेती प्रणालीको प्रोत्साहन गर्नकालागि पनि आफुहरु लागिपर्ने मन्त्री केसीको भनाई छ ।
प्रदेशलाई अर्गानिक बनाउनका लागि हरेक क्षेत्रसँग सल्लाह र सुझाव लिएर सम्भाव्यता अध्ययन गरेर काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

Share.

About Author

Leave A Reply