कर्णाली प्रदेशका जनप्रतिनिधि तथा महिलाद्वारा १२ बुँदे सुर्खेत घोषणा पत्र जारी

0

चैत–२५सुर्खेत।१२ बुँदे सुर्खेत घोषणा पत्र जारी गर्दै कर्णाली प्रदेशका जनप्रतिनिधि महिला तथा महिला मानव अधिकार रक्षकहरुको ३ दिने सम्मेलन सुर्खेतको बीरेन्द्रनगरमा सकिएको छ।उनिहरुले सबै नेपाली नागरिकको स्वतन्त्रतासहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार स्थापित गर्न प्रदेश सरकारसंग माग गरेका छन।उनिहरुले तीनै तहको निर्वाचन सम्पन्न भैसके पनी महिलामाथि हुने हिंसा अझै कम हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन।उनिहरुले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक महिलाको समानुपातिक, समावेशी गराउनुपर्ने,  पितृसत्तात्मक सोंच र विभेद अन्यत्य गर्नु पर्नेमाग गरेका छन।यस्तै महिला र किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चितताका गर्नुपर्ने, घरेलु लगायत सबै सेवामूलक कामलाई उत्पादनमूलक कामको रुपमा गणना गर्नुपर्ने माग गरेका छन।उनिहरुले कर्णाली प्रदेशका हरेक जिल्लाहरुमा महिलाका लागि आवश्यक स्रोत व्यवस्थापनको लागी छुट्टै कोषको व्यवस्था गर्नुपर्ने, अपाङ्गता भएका महिला, दलित, जनजाति, राउटे, बादी,मुस्लिम, मधेशी, यौनिक तथा लैङ्गिक महिलाहरुलार्इ राज्यका हरेक संरचनामा विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन।संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार, महिलाको शरीर, श्रम र पहिचानमा आफ्नो अधिकार” भन्ने नाराका साथ भएको कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका महिला जनप्रतिनिधि महिला अधिकार रक्षकहरुको सहभागीता रहेको छ।

Share.

About Author

Leave A Reply