कर्णाली प्रदेशका प्रदेश प्रमुख खनाल पदमुक्त।

0

कार्तिक १८, सुर्खेत- कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गा केशर खनाल पदमुक्त हुनुभएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खनाल सहित ६ वटै प्रदेशका प्रमुखरुरुलाई पदमुक्त गर्नुभएको हो।

मन्त्रिपरिष्दको बैठकले सबै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपतिलार्इ सिफारिस गरेको थियो।

संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

पदमुक्त हुनेहरुमा प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त रहनुभएको छ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो।

चुनावलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज २० मा चुनावी आचार संहिता जारी भइसकेपछि देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णयसमेत गरेको थियो।

त्यसबेला नै प्रदेश प्रमुखहरुको पद के हुने भन्ने बहस भएको थियो।

तर सरकारले यसबारे थप निर्णय गर्न नपाउँदै सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय अमान्य उल्ट्याइदिएपछि सरकार रोकिएको थियो।

Share.

About Author

Leave A Reply