कर्णाली प्रदेशको प्रदेश प्रमुखमा गोविन्द कलौनी नियुक्त।

0

कार्तिक १९ सुर्खेत, कर्णाली प्रदेश प्रमुखमा गोविन्द कलौनीलाइ नियुक्त हुनुभएको छ।

राष्ट्रपति विधादेबी भन्डारीले कलौनीलार्इ कर्णालीको प्रदेशको प्रमुखमा नियुक्त गर्नुभएको हो।

मन्त्रीपिषदको बैठकले कलौनीसहित ६ वटै प्रदेश प्रमुखको नियुक्तिको लागी राष्ट्रपतिको समक्ष सिफारिस गरेको थियो।

निवर्तमान प्रदेश प्रमुखलाइ अस्ती राष्ट्रपतिले पदमुक्त गरेपछि उहाँको ठाँउमा कलौनीलाइ नियुक्त गरिएको हो।

यसअघि कर्णालीकै खनाल प्रदेश प्रमुख भएपनि यसपटक भने प्रदेश प्रमुख बाहिरबाट नियुक्त गरिएको छ।

राष्ट्रपति भन्डारीले प्रदेश नम्बर १ को प्रदेश प्रुमुखमा सोमनाथ अधिकारी प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाईलार्इ नियुक्त गर्नुभएको छ।

यस्तै  प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, सुदुरपश्चिमा शर्मिला त्रिपाठीलार्इ नियुक्त गर्नुभएको छ।

यसैबी प्रदेश प्रमुख नियुक्तिसम्बन्धी नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालयको निर्णयमा बरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाउनुभएको छ।

को हुन गोविन्द कलौनी

कर्णाली प्रदेश प्रमुखमा  नियुक्त हुनुभएका गोविन्द कलौनी सत्तारुढ नेकपा नेता तथा तत्कालिन एमालेका नेता हुनुहुन्छ।

उहाँले डडेलधुरा, बैतडी र पछिल्लो समय कञ्चनपुरलाई आफ्नो राजनीतिक कर्मथलो बनाउँदै आउनुभएको थियो।

२०१२ साल जेठ महिनाको २९ गते साबिकको रिम गाबिस बैतडीमा जन्मिनुभएका कलौनी राजनितिको सुरुवात भने त्रिभुवन विश्व बिद्यालय केन्द्रिय क्याम्पसबाट शुरुभएको हो।

कलौनी २०४१ सालदेखि इलाका पार्टी सक्रियदल नेकपा मालेको डडेलधुरा जिल्ला सचिव हुदै २०४७ सालमा नेपाल कम्युनिष्ट पार्टी एमाले डडेलधुरा जिल्ला संगठन कमिटीको सचिव बन्नु भयो।

कलौनी ०४८ मा शेरबहादुर देउवासँग चुनाव लड्नुभएको थियो।

पार्टीमा जिल्लादेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी बहन गरिसकेका कलौनीले अहिलेसम्म संसदीय चुनाव भने जित्न सक्नुभएको छैन।

उहाँ ०५१ सालमा डडेलधुरा, ०५६ मा बैतडी, ०६४ मा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेपनि पराजित हुनुभयो।

६५ वर्षीय कलौनीले  त्रिभुवन विश्वविद्यालयबाट विज्ञान संकायबाट स्नातक गर्नुभएको छ।

 

 

Share.

About Author

Leave A Reply