कर्णाली प्रदेशको प्रदेश सभाको बैठक आज बस्दै

0

चैत–१६सुर्खेत।एक महिनाको अन्तराल पछि आज कर्णाली प्रदेशको प्रदेश सभाको बैठक बस्दैछ।आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक कार्यविधि विधेयक दर्ता गरेसंगै संसद सचिवालयले विजनेस पाएको हो।आज दिउँसो १ बजे बैठक आह्वान गरेको सभामुख राजबहादुर शाहीले बताउनु भयो ।बैठकमा गत फागुन २३ गते बुझाएको कर्णाली प्रदेश सभा नियमावली २०७४ समेत पेश हुने उहाँको भनार्इ छ। सांसद सीता नेपालीको संयोजकत्वमा गठित समितिले मस्यौदा प्रतिवेदन तयार गरेको हो ।यसैगरी बिषय समयमा सांसदहरुले विभिन्न समसामयिक बिषयमा आफ्नो धारणा राख्नेछन ।

Share.

About Author

Leave A Reply