कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सडकमा खाल्डा खुल्डीहुदा आवत जावत समस्या।

0

फागुन–२५ सुर्खेत।कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका सडकमा खाल्डा खुल्डीले आवत जावत गर्ने हैरानी भएको गुनासो बढेका बेला नगरापलीकाले खाल्डा पुर्ने काम थालेको छ।अहिले प्रदेश प्रमुखदेखि संसद सचिबालय र सबै मन्त्रालय रहेका वीरेन्द्रनगर ७ र ८ मा रहेका विभिन्न सडकहरुमा रहेका खाल्डा पुर्ने काम थालिएको छ।दैनिक सवारी चाप बढिरहेको बेला नगरपालीकाले वडा मार्फत गिट्टी र माटो हालेर खाल्डाखुल्डी पुर्ण थालेको छ।नगरपालिकाले बाटो मर्मतको काम थालिएको बताएपनि बिच सडकमा गिट्टी र माटो माटो हालेपनि राम्रोसंग नसम्याउँदा हिड्न र सवारी साधान चलाउन झन समस्या स्थानिहरुले बताएका छन।खाल्डा खुल्डीलार्इ राम्रोसंग मर्मत गर्नुको साटो नगरपालीकाले काम देखाउने नाममा झारा टारेको उनीहरुको भनार्इ छ।यता वीरेन्द्रनगर नगरपालीकाका प्रमुख देबकुमार सुबेदीले अहिले पहिलो चरणमा माटो र ग्राभिल गर्ने काम गरिने बताउनु भयो।उहाँले वीरेन्द्रनगर नगरपलीकाको वडा नम्बर ७ र ८ मा उपोभक्ता समिति गठन गरेर १०− १० लाख बजेट छुटाएर काम थालिएको बताउनु भयो।पहिलो चरणमा खाल्डा खुल्डी पुर्ने काम सकिएपछि बाटो सुधारका थप काम गरिने उहाँको भनार्इ छ।

Share.

About Author

Leave A Reply