कर्णाली प्रदेशको विवाद झन् गहिरिँदै ।

0

कार्तिक १४, सुर्खेत- कर्णाली प्रदेशको विवाद झन् गहिरिँदै गएपछि सतारुद नेकपाका नेताहरुबीच दुरी बढ्दै गएको छ।

पार्टीभित्रको  विवादबीच प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले लगातार आन्तरिक समीकरण फेरबदलको कोसिस जारी राखेपनि सफल हुन सकेको छैन।

कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावले दुर्इनेता बीच दुरी बढेको हो।

कर्णाली प्रदेशको समस्या समाधानबारे ओली र प्रचण्डले बेग्ला–बेग्लै सर्कुलर जारी गरेपछि त्यहाँको विवाद थप जटिल बनेको छ।

सुरुमा नेपाल समूहका सांसदले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरे पनि प्रचण्डसँगको छलफलपछि उनीहरूले फिर्ता लिएका थिए।

नेपाल समूह अविश्वासको प्रस्तावबाट पछि हटेपछि मुख्यमन्त्रीको कुर्सी जोगिएको छ भने प्रचण्ड–नेपाल समूहको पछिल्लो समझदारी कार्यान्वयनको चरणमा छ।

कर्णाली प्रदेशको विवाद हल गर्न भएको छलफलबारे ओली र प्रचण्डका तर्फबाट छुट्टा–छुट्टै प्रेस नोट जारी भएयता सम्वाद रोकिएको छ ।

प्रधानमन्त्री ओलीले एक साताभित्रै दुईपटक वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सहकार्यको प्रस्ताव गर्नुभएको छ।

तर, विगतमा जस्तै नेता नेपालले विधि र पद्धतिकै मुद्दामा जोड दिनुभएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अविश्वास र दूरी बढिरहेका वेला प्रधानमन्त्री ओलीले नेकपाभित्र अंकगणितमा निर्णायक भूमिकामा रहेको समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता नेपालसँग सहकार्यको कोसिस अगाडि बढाउनुभएको हो।

प्रचण्डसँग १० दिनदेखि संवाद ठप्प रहेकै अवस्थामा प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटार बोलाएर नेता नेपालसँग एक हप्ताकै बीचमा दोस्रोपटक लामो भेटवार्ता गर्नुभएको छ।

स्थायी कमिटीका निर्णय कार्यान्वयनलाई लिएर ओली र प्रचण्डबीच मनमुटाव देखिएको छ ।

पछिल्लोपटक प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच मंगलबार साढे दुई घन्टा लामो भेटवार्ता भएको थियो।

दुई अध्यक्षबीच भएको सहमतिविपरीत ओलीले निर्णय लिने गरेको भन्दै रिसाएका प्रचण्डले बालुवाटार जाने प्रस्ताव कोरोनाको बाहना बनाएर अस्वीकार गर्दै आएका छन् ।

 

Share.

About Author

Leave A Reply