कर्णालीमा आँखाका बिरामीको संख्या उच्च।

0

सुर्खेत हुकुम थापा, आँखा क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै सुर्खेत आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. शक्ति सुवेदी आइ हेल्थ हिरो अवार्ड प्रदान गरिएको छ । द इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ व्लाइन्डनेशले आँखा क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने चिकित्सकहरुलाई तीनवटा विधाबाट आई हेल्थ हिरो अवार्ड दिएको हो । डा. सुवेदी नेपाल रेडक्रस सोसाइटी सुर्खेतले स्वीस रेडक्रसको सहयोगमा सुर्खेतमा सञ्चालन गरेको सुर्खेत आँखा अस्पतालमा कार्यरत रहेका छन् । डा.सुवेदी कर्णाली प्रदेशका दुर्गभ क्षेत्रहरुमा प्रदेश सरकार र स्थानीय पालिकाहरुको सहयोगमा कर्णालीका दुर दराजमा पुगेर आँखा रोग रोगथाम, दृष्टिजाँच, आँखा स्वास्थ्य सम्वन्धि जनचेतना जगाउने कार्यमा लागेका छन् । कर्णाली प्रदेशमा अरु प्रदेशको तुलनामा धैरै जनालाई आँखा सम्बन्धि समस्या रहेका पाईएको छ । नेपालमा कुल जनसङ्ख्याको शून्य दशमलव तीन पाँच प्रतिशतमा आँखा सम्बन्धि समस्या रहे पनि कर्णालीमा एक प्रतिशतमा आँखाको समस्या रहेको छ । यसै सन्दर्भमा सहकर्मी केशव ढकालले कर्णाली प्रदेशको सुर्खेतमा रहेको आँखा अस्पतालका चिकित्सक शक्तिप्रसाद सुवेदीसंग कुराकानी गरेका छन् ।

कर्णाली प्रदेशमा हाल आँखा सम्बन्धि बिरामीको अवस्था कस्तो छ ?
कर्णाली प्रदेश आँखा स्वास्थ्यको हिसावले नेपालभरी सवैभन्दा पछाडी परेको क्षेत्र हो । नेपालभरीमा अन्धोपनको धेरै समस्या पनि यही प्रदेशमा छ ।
जलविन्दु र दृष्टिदोष अथवा चस्मा लगाउनुपर्ने अवस्था कर्णाली प्रदेशमा धेरै छ । संगसंगै आँखाको नानीमा पनि चोटपटक लाग्ने हुनाले यसमा आँखामा फुला पर्ने समस्या पनि हाम्रो प्रदेशमा धेरै छ । जलविन्दु र सुगरका कारणले आँखामा समस्या हुने विषेशगरी शहरी क्षेत्रहरुमा यो बढ्दो क्रममा देखिन्छ । देशभर शुन्य दशमलव तिन पाँच प्रतिशतको हाराहारीमा आँखा सम्बन्धि कुनै न कुनै समस्या छ भन्ने पछिल्लो तथ्यांक रहेछ अब यो कर्णालीमा त्यो भन्दा धेरै देखिने रहेछ यो समस्या होइन। कर्णाली प्रदेशको पृभिलेन्स चाँही अहिले अन्धोपनको एक प्रतिशत छ । यो अन्य प्रदेशको तुलनामा धेरै हो ।

कोरोना संक्रमणका बेला आँखा सम्बन्धि समस्या भएकाहरुले थप सर्तकता अपनाउनु आवश्यक छ की छैन ?
कोभिडको समयमा आँखापनि एउटा कोरोना सर्ने माध्यम भएको हुनाले आँखा चिलाउने , एलर्जी हुने, आँखाबाट आँसु आउने र आँखा सुख्खाहुने विरामीहरुले सर्तकता अपनाउनु पर्ने हुन्छ । आँखा चिलायो भने हात आँखामै जाने हुन्छ र कोरोना सर्ने सम्भावना अधिक हुन्छ ।त्यसैले पहिला कोरोना हावाबाट सर्छ भन्ने थियो भने अब अहिले चाँही हामीले कुनैचिज लाई छोयौ भने र त्यो हातलाई आँखामा लगायौ भने त्यो कोरोना सर्ने माध्यम हुन सक्छ । हामीले आँखामा छुनु भन्दा पहिले सावुन पानीले राम्रोसंग हात मिचिमिचि धोएपछि मात्र आँखामा लगाउदा राम्रो हुन्छ । बाहिर जाँदाखेरी एलर्जी हुने र हावाबाट सर्ने भएपनि अलिकति ठूलो आँखा ढाकिने खालको चस्मा लगाउँदा राम्रो हुन्छ। आँखा सम्बन्धि केहि भएमा आँखा समयमै जचाउँदा राम्रो हुन्छ ।

सामान्य नागरिकले आफुलाई आँखा सम्बन्धि समस्या एको वा नभएको कसरी थाहा पाउन सक्छन् ?
कुनै कुरा लक्षणको आधारमा थाहा पाइन्छ भने अर्को कुरा लक्षण नभएर लुकेर बसेको हुन्छ । त्यसैले सामान्यतया वर्षमा कम्तिमा एक चोटी हामीले अस्पतालमा जानु आवश्यक छ । आँखा असामान्य रुपमा धेरै चिलाउछ भने,आँखा भित्रबाट दुखेर आयो भने त्यसैगरी सामान्यतया आँखाबाट आँसु बग्दैन तर भित्र बाट दुखेर आयो भने, असामान्य गरी आँखाबाट आँसु पुछिरहन पर्ने गरी आँसु आईराख्यो भने, आँखा रातो भयो भने, कालो देखिने भागमा कुनै कारणले सेतो देखियो भने हामीले एकचोटी अस्पताल जानुपर्छ र आँखा जाँच गराउनु पर्छ ।

आँखा अन्धो पनि हुने सम्भावना हुन्छ अब यसबाट बच्नका लागि हामीले के कुरामा ध्यान दिनु पर्छ ?
सबैभन्दा पहिले हामीलाई जोखिम हुने भन्नाले आँखा सम्बन्धि समस्या आईसकेपछि कति समस्याहरु उपचारपछि निको हुन्छन् र आँखाको दृष्टि फर्किने हुन्छ र कुनै समस्याहरु यस्ता हुन्छन् जसले गर्दा जिवन रहँदा सम्म दृष्टि नफर्किने हुन्छन् ।
त्यही भएर साधारण चोटपटक लागेपछि पनि हामीले वास्ता गरेनौँ भने आँखामा फुला पर्न सक्छ त्यही भएर हामीले आँखालाइ समयमै अस्पतालमा गएर आँखा जाँच गराउनु पर्छ । यसैगरी मधुमेहका कारणले गर्दा हुने हुने रोगलाई हामीले समयमै पत्ता लगाउन सक्यौँ भने त्यसबाट हुने समस्याहरु अथवा जटिलताहरु पत्ता लगाउन सजिलो हुन्छ । त्यही भएर सुगर भएका विरामीहरु,परिवारमा जलविन्दु भएका विरामीहरुले पनि नियमित रुपमा जाँच गर्ने सानोतिनो चोटपटक लाग्यो भनेपनि ठिक भैहाल्छ होला भनेर नबस्ने।

अहिले विधुतीय यन्त्रहरु चलाउनेको संख्या वृद्धि भईरहेको छ । यसबाट आँखालाई कसरी सुरक्षित राख्न सकिन्छ ?
विश्वको परिपेक्षमा हेर्ने हो भने पहिलाको भन्दा अहिले चाँही प्रिभिलेन्स एकदमै बढेर आएको छ । यो टाढाको नदेख्ने समस्या जुन यो विधुतीय डिभाईसहरु चलाउन सुरु भयो त्यो समयदेखि नै यो समस्या दोब्बर भएर आयो । जसले गर्दा बालबालिकालाई दृष्टि सम्बन्धि समस्या छ कि छैन भनेर स्कुल भिजिअल कार्यक्रम भनेर पनि हामीले स्कुलहरुमा वर्षेनी जाँच गर्छौ अब हरेक बालबालिकाले वार्षिक एकचोटी एउटा कक्षाबाट अर्को कक्षामा जानेबेला कम्तिमा एकपटक जाँच गराउनुपर्ने हुन्छ ।  आँखाको लागि धेरै केही गर्नुपर्ने जरुरी छैन जस्तै विहान मुख धुँदा हामीले आँखालाई पनि ख्याल गरौँ, सफा गरौँ, मन्तातो पानीले विहान र वेलुका सेकौं बाहिर धुँवा धुलो हुने ठाउँमा आँखालाई जोगाउनु पर्ने हुन्छ। धुँवा धुलो घाम र हावाले पनि आँखालाई असर गर्छ । त्यसपछि वर्षमा कम्तिमा एकपटक आफ्नो आँखा जाँच गराउनु पर्छ । यति गरेपछि हामीले आँखामा हुने समस्याहरु समयमै रोक्न सक्छौं ।

 

Share.

About Author

Leave A Reply