कर्णाली प्रदेशमा लागुऔषध दुव्र्यसनी र मदिराका कारण बढी अपराध भएको प्रहरीको भनार्इ।

0

मंसीर- १२ सुर्खेत।लागुऔषध सम्बन्धित व्यक्तिको मात्र नभएर परिवार, समाज र राज्यकै समस्या भएकाले यसबिरुद्द एकिकृत अभियान थाल्नुपर्ने बीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागिले औंल्याएका छन।लागुऔषध बिरुद्द जनचेतना फैलाउने उदेश्यले प्रदेश प्रहरी श्रीमती संघ ,कणाली प्रदेशले संचालन गरेको कार्यक्रमको समापन समारोहका वक्ताले लागुऔषध नियन्त्रण चुनौतिका रुपमा रहेको बताएका छन।कणाली प्रदेशका आन्तरीक मामीला तथा कानुन मन्त्री नरेश भण्डारीले लागुऔषध बिरुद सबैले एकताबद्ध भई अगाडि बढ्न जरुरी रहेको बताउनु भयो। मन्त्री भन्डारीले यो प्रदेशलाई लागुऔषध प्रयोगविहीन प्रदेश बनाउनै अभियान सहित चालु आर्थिक वर्षमा दुई करोड ५० लाख बजेट विनियोजन गरेको बताउनु भयो।कणाली प्रदेशका प्रहरी प्रमुख डिआर्इजी महेशबिक्रम शाहले कर्णाली प्रदेशमा सबैभन्दा बढी अपराध लागुऔषध दुव्र्यसनी र मदिराका कारण  भएको बताउनु भयो।लागुऔषध र मदिरालगायत सबैखाले विकृति विरुद्धको अभियान शहरमा मात्र होइन, गाउँ बस्तीमा पुर्याउने उहाँको भनार्इ छ ।प्रदेश प्रहरी श्रीमती सङ्घका अध्यक्ष महिमा शाहले भोलिको होनाहार पुस्तालाई सही मार्गदर्शन गराउन लागुऔषध दुव्र्यसनी विरुद्धको जनचेतना अभियान थालिएको भन्दै सातै प्रदेशमा गरेरचार हजार ३७६ जनालाई उपचार गरी पठाएको बताउनु भयो ।कार्यक्रममा दुव्र्यसनीका विरुद्ध राम्रो काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्ला, मुगु, कालीकोट, सुर्खेत, इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेत, प्रहरी तालीम केन्द्र सुर्खेतलार्इ सम्मान प्रदान गरिएको छ।यस्तै सर्इ मञ्जु चौधरीलाई प्रशंसापत्र र सवारी चालक शेरबहादुर महतो, लोकबहादुर महतो र महादेव गिरीलाई नगद पुरस्कार प्रदान गरिएको छ।

Share.

About Author

Leave A Reply