कर्णाली प्रदेशमा ५२ प्रतिशत बालबिवाह हुने गरेको तथाङक सार्बजनिक।

0

वैशाख-२९सुर्खेत।कर्णाली प्रदेशमा ५२ प्रतिशत बालबिबाह हुने गरेको सरकारी तथाङक सार्बजनिक भएको छ। सुर्खेतको बीरेन्द्रनगरमा बाल अधिकार संरक्षण तथा प्रबर्दनका लागी प्रदेश स्तरिय छलफमा यस्तो तथ्याङक सार्बजनिक गरिएको हो।बालबालिका तथा अभिभाकमा चेतनाको कमी हुन,रोकथामको प्रभावकारी कदम नचाल्नु लगायतका कारणले पनि बालबिबाह बढ्दै गएको पार्इएको छ।यस्तै कर्णाली प्रदेशमा अनाथ बालबालिका दुर्इ हजार रहेका छन भने ५८ प्रतिशत बाल मृत्युदर हुने गरेको तथाङक सार्बजनिक भएको छ।कर्णाली प्रदेशमा १८ बर्ष मुनिका बालबालिकको संख्या ४१ प्रतिशत रहेको छ भने सबै भन्दा धेरै २० बर्षमुनिका विबाह हुने गरेको पार्इएको छ।बालविवाहविरुद्ध प्रहरी र प्रशासनिक हस्तक्षेप फितलो रहेको र अशिक्षा र गरिबिको कारणले पनि बालबिबाह बढि हुने गरेको पार्इएको छ।कर्णाली प्रदेशका समाजिक विकास मन्त्रालयका सचिब गिरिजा शर्माले बालबालिकामा चेतनाको कमि, अर्काको प्रलोभन,आमाबावु बैदशिक रोजगारमा जानु लगायतका समस्या रहेकाले पनि बालबिबाह हुने गरेको बताउनुभयो।

Share.

About Author

Leave A Reply