कर्णाली प्रदेशमा ५ महिनाको अवधिमा भ्रष्टाचारका ५ सय उजुरी ।

0

मंसीर २० सुर्खेत।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा आर्थिक वर्ष २०७५ ०७६ को ५ महिनाको अवधिमा कर्णाली प्रदेशबाट भ्रष्टाचारका ५ सय उजुरी परेका छन् ।आयोगको सुर्खेतमा रहेको कार्यालयको कार्य क्षेत्र रहेको कर्णालीका १० जिल्ला र प्रदेश नबंर ५ को रुकुम पुर्वमा गरी विभिन्न विषयमा भ्रष्टाचार सम्बन्धी ५ सय ३ उजुरी परेको आयोगको प्रदेश कार्यालय सुर्खेतले जनाएको छ ।आयोगमा कर्णालीका १० जिल्लाको तुलनामा सुर्खेत जिल्लामा सबैभन्दा बढि १ सय ६ उजुरी परेको आयोगको तथ्यांक रहेको छ ।यसैगरी दैलेखमा ८५, जाजरकोटमा ७३, कालीकोटमा ५८, जुम्लामा ४२, हुम्लामा ४० वटा भ्रष्टाचार सम्बन्धी उजुरी परेका छन् ।यस्तै रुकुम पश्चिममा ३५, सल्यानमा ३३, मुगुमा २१ वटा उजुरी परेको आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।यस्तै कर्णालीमा सबैभन्दा कम उजुरी डोल्पा जिल्लाबाट रहेको कार्यालयले जनाएको छ ।५ महिनामा डोल्पाबाट ६ वटा मात्रै उजुरी परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको कार्यक्षेत्र रहेको प्रदेश नंबर ५ को रुकुम पुर्वमा ४ वटा उजुरी परेका छन् ।५ महिनामा कार्यालयमा परेका ५ सय ३ उजुरी मध्य १ सय १२ मुद्धाको टुंगो लगाईएको छ ।यसैगरी यो आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले सुर्खेतबाट १ जनालाई घुस लिदैँ गर्दा पक्राउ गरेको छ ।

Share.

About Author

Leave A Reply