कर्णाली प्रदेशसभाको बैठकले आर्थिक कार्यविधि विधेयक पारीत गर्यो

0

सुर्खेत–२२सुर्खेत।कर्णाली प्रदेशसभाको बैठकले आर्थिक कार्यविधि विधेयक पारीत गरेको छ।विधेयकमाथि ३ वटा बैठकमा दफावार पछि संसोधन प्रस्ताव समय निलम्बन गरेर फास्टट्रयाक विधिबाट सर्वसम्वत रुपमा पारित गरिएको हो।बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले विधेयक पास भएपछि अब आर्थिक क्रियाकलाप संचालनकालागि बाटो खुलेको बताउनु भएको छ।विधेक पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो पनि खुलेको छ ।कुनैपनि विधेयकमाथि ७२ घण्टासम्म संसोधन प्रस्ताव हाल्न पाईने व्यवस्था भएपनि आर्थिक विधेयक पास गर्नकालागि सांसद सिता नेपालीले संसोधन प्रस्ताव निलम्बन गर्नका संसदमा प्रस्ताव गर्नुभएको हो ।यस्तै एमालेका गुलाबजंग शाहले प्रस्ताव समर्थन गरेपछि सभामुख राजबहादुर शाहीले आर्थिक कार्यविधी विधेयक संसदमा निर्णयार्थ पेश गर्नुभएको हो।सभामुख शाहीले निर्णयार्थ पेश गरे पछि बैठकमा सहभागी सबै सांसदहरुले सर्वसम्मत रुपमा आर्थिक कार्यविधी पारीत गरेका हुन् ।

Share.

About Author

Leave A Reply