कर्णाली प्रदेशसभामा बजेटका प्राथमिकता निति,सिद्धान्त माथिको छलफल सकियो।

0

जेठ–१७सुर्खेत।कर्णाली प्रदेशसभामा बजेटका प्राथमिकता निति, सिद्धान्तमाथिको छलफल सकिएको छ।अधिकांश सांसदहरुले बजेट कार्यान्वयन गर्नकालागि कानुन निर्माण गर्ने विषयमा गम्भीर बन्न सांसदहरुले सुझाव दिएका छन्।आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सांसदहरुले दिएका सुझावका आधारमा थप संसोधन गरेर बजेट ल्याईने बताउनु भएको छ।उहाँले निर्वाचन क्षेत्रमा बजेट विनियोजन गर्दा असमान वितरण भएको सांसदहरुको गुनासो अस्वभाविक भएको भन्दै बजेटको समान वितरण हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो।तिन महिनाकालागि ल्याएको कानुन अभावमा खर्च गर्न समस्या भएको स्वीकार गर्दै मन्त्री ज्वालाले आधिंकाश विधेयक तयार भएको र अब छलफल गरी पास गरिने जानकारी दिनुभयो ।बजेटका प्राथमिकता निति, सिद्धान्तमाथि लगातार तीनदिनसम्म छलफल भएको हो।

Share.

About Author

Leave A Reply