कर्णाली प्रदेशस्तरीय महाधिवेशन सुरू ।

0

भदौ ६-सुर्खेत।नेपाली काँग्रेसको कर्णाली प्रदेशस्तरिय महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम कर्णालीको राजधानी बीरेन्दनगरमा शुरु भएको छ।रकेन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनमा भएको प्रशिक्षणमा कर्णालीका १० जिल्लाका २ सय ५० जना भन्दा धेरै प्रतिनिधिहरुको सहभागिता रहेको छ।प्रतिष्ठानले पार्टीलाई जागुरुक बनाउन दुर्इदिन सम्म कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण सञ्चालन गरिएको जनाएको छ।प्रशिक्षणमा काँग्रेसका साङ्गठनिक संरचना, विधान र विशेषता,राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, जनतासँग सम्पर्क र संवादजस्ता कुरालाई समावेश गरिएको काँग्रसले जनाएको छ। प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा कम्युनिस्टले चुनाव जिते पनि कांग्रेसले सिद्धान्त जितेको बताउनुभएको छ।उहाँले दुई तिहाईको सरकारले सत्ता संचालन नै नगर्न नजानेको भन्दै सरकारले बहुमतको उपयोग नगरी दुरुपयोग गरेको टिप्पणी गर्नुभयो। नेता पौडेलले अहिले जनताले कांग्रेसमाथि भरोसा गर्न थालेको भन्दै कांग्रेसपनि भरोसायोग्य बन्नुपर्ने तर्क गर्नुभयो। उहाँले सबै नेताहरुले पाटीको काम र्इमान्दारीका साथ समयमै गर्ने हो भने आगामी निर्वाचनमा कुनै पाटीले पनि रोक्न नसक्ने ठोकुवा गर्नुभयो।उहाँले शीर्षनेता र कार्यकर्ताहरुले विगतको आत्मसमीक्षा गरेमात्र कांग्रेस सवैको भरोसायोग्य पार्टी बन्ने दावी गर्नुभयो। यसैगरी कांग्रेस उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनका लागि अहिल्यैबाट कांग्रेस सशक्त हुनुपर्ने बताउनुभयो।उहाँले प्रशिक्षणपछि गाँउ-गाँउमा पुगेर काँग्रेसको विचार, सिद्दान्त र सिकेका कुरा सबै नेता कार्यकर्तामाझ पुर्याउन आग्रह गर्नुभयो।यस्तै कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले विगतबाट शिक्षा लिएर आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि क्रियाशील हुन सुझाव दिनुभयो। उहाँले जनताको वीचमा जान नसक्दा पार्टी कमजोर बनेको भन्दै अव पनि त्यो गल्ती दोहोयाउन नहुने उल्लेख गर्नुभयो। पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पुरानै कार्यशैली, सोच र संरचनाबाट कांग्रेस चलायमान हुन नसक्ने भएकोले नयाँ सोच, शैली र संरचना आवश्यक रहेको बताउनुभयो।उहाँले संविधानमा ल्याएको परिवर्तनलार्इ बचाउने सक्ने पाटी संञ्चालन गर्नुपर्ने भन्दै नितिगत र सैद्धान्तिक रुपमा एकताबद् भएर अगाडी बढ्नुपर्नेमा जोडदिनुभयो।कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको उद्घाटन सत्रमा प्रतिनिधिसभा सदस्य रंगमती शाही, कर्णाली प्रदेशसभामा प्रतिपक्ष दलका नेता एवं केन्द्रीय सदस्य जीवनबहादुर शाही, केन्द्रीय सदस्य हृदयराम थानीलगायतले प्रशिक्षण सफलताको कामना गर्नुभएको हो।प्रशिक्षण कार्यक्रममा पार्टी नेता,पाटीका पदाधिकारी तथा केन्द्रीय नेताको सहभागिता रहेको छ।भेलाको समापन आज सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ।

Share.

About Author

Leave A Reply