कर्णाली प्रदेश योजना आयोगको गठन।

0

मंसीर५सुर्खेत।कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा. डा. पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ।मन्त्रिपरिषदको बैठकले उपाध्यक्षमा रेग्मीसहित सदस्यहरुमा डा. दीपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो।मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश योजना आयोगमा प्रदेश सरकारका प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्यसचिव रहने व्यवस्था छ।दैलेख, नारायण नगरपालिका–३ निवासी रेग्मीले यसअघि युवा स्वरोजगार कोषको उपाध्यक्ष र तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका आर्थिक सल्लाहकारका रूपमा काम गरिसक्नु भएको छ।हुम्ला, सर्केगाड गाउँपालिका निवासी डा.रोकाय लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ भने दैलेख, चामुन्डाका शाहीले राष्ट्रिय युवा नीति कार्यदलको संयोजक र विश्व युवा परिषदको उपाध्यक्ष भएर काम गरिसक्नु भएको छ।

Share.

About Author

Leave A Reply