कर्णाली प्रदेश सभाको बैठक स्थगित।

0

असोज२४सुर्खेत।करिब २ महिना पछि बसेको कर्णाली प्रदेश सभाको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको छ।पहिलो पटक आफ्नै भवनमा बसेको प्रदेस सभाको बैठकको सुरुमै कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठले सरकार मनपरी ढंगले चल्न खोजेको र संसदलाई बन्धक बनाउन खोजेको आरोप लगाउनु भयो।उहाँले बजेट सार्वजनिक भएको चार महिनासम्म पनि रातो किताब उपलब्ध नगराएको, संसदलाई विजनेस दिन नसक्नु सरकारको कमजोरी भएको बताउनु भयो।सरकारका तर्फबाट मुख्यमन्त्रीले आफ्ना विषयको जवाफ नदिँदासम्म संसद चल्न नदिने सांसद श्रेष्ठले अडान राख्नुभएको हो ।सभामुख शाहि यसबारे आवश्यक छलफल गर्ने भन्दै बैठक अवरोध नगर्न आग्रह गरेपनि कांग्रेस सांसदहरुले बिरोध जारी राखेपछि अर्को सूचना नभएसम्मकालागि बैठक स्थगित गरिएको हो।मुख्यमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान प्रतिपक्षले राखेपछि सभामुख शाहीले बैठक स्थगित भएको घोषणा गर्नुभएको हो।बैठकमा संसदको कार्यव्यवस्था परामर्श समितिले छलफल टुंग्याएको गएको गाउँसभा, नगरसभा सञ्चालन गर्न बनेको विधेयक २०७५ माथि छलफल गर्ने कार्य सुचि रहेको थियो।यसअघि सिँचाइ डिभिजन कार्यालयको सभाहलमा बस्दै प्रदेश सभाको बैठक वीरेन्द्रनगरमा रहेको शैक्षिक तालिम केन्द्रको भवन तयार भएपछि आफ्नै भवनमा बसेको हो।

Share.

About Author

Leave A Reply