कर्णाली प्रदेश सभामा प्रदेश लोकसेवा आयोग विधेयक टेबुल।

0

चैत-२० सुर्खेत।कर्णाली प्रदेश सभाको बैठकमा प्रदेश लोकसेवा आयोगे विधेयक टेबुल भएको छ।आज बसेको प्रदेशसभाको बैठकमा मन्त्री लोकसेवा आयोगको  काम, कर्तव्य र अधिकारबारे व्यवस्था गर्न बनेको विधेयक टेबुल भएको हो ।यसैबिच सांसदहरुले संसदको विशेष समयमा बोल्दै विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।संसदको पंमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले निर्णय गर्ने, कानून बनाउने तर कार्यान्वयन नगर्ने सरकारको व्यवहार सुधार गर्न आग्रह गर्नुभयो । नेकपाका सांसद रातो कामीले सरकारले १ सय दिने रोजगार ल्याउने भएपनि अहिले सम्म नआएको भन्दै जानकारी दिन सरकारसँग आग्रह गर्नुभयो ।नेकपामा सांसद कृष्णा शाहले जाजरकोट जिल्ला अस्पतालमा पाल मुनि सुत्केरी गराउनु परेको बाध्यतामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।जाजरकोट जिल्ला अस्पताललाई ५० शैयाको बनाउने निर्णय भएपनि पर्याप्त बजेट नहँदा ओझेलमा परेको सांसद शाहको भनाई छ ।सांसद मिनासिंह रखालले दैलेखको भैरवी गाउँपालिकामा परेको चट्याङले घाईत नरबहादुर शाही र उहाका श्रीमती पवित्रा शाहीको परिवारलाई सहयोग गर्न सरकारसँग आग्रह गर्नुभयो ।

Share.

About Author

Leave A Reply