कर्णाली प्रदेश समन्वय परिषदको पहिलो बैठक सम्पन्न।

0

माघ १६सुर्खेत।३१ बुदे साझा प्रतिवद्धता जारी गर्दै कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक सम्पन्न भएको छ ।सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न दुर्इदिने बैठकले संघ प्रदेश र स्थानीन सरकारबिचको समन्वयलाई जोड दिएको छ ।पत्रकार सम्मेलनमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परिषद बैठकले अहिलेको अवस्थामा ३ तहका सरकार बिच देखिएका नितिगत अफ्ठयारालाई सहज गराउन भुमिका खेलेको बताउनु भयो ।मुख्यमन्त्री शाहीले बैठकमा कर्णालीलाई समृद्ध बनाउने विषयमा आएका सुझावहरुलाई आधार बनाएर कर्णाली प्रदेश योजना आयोगले योजना बनाउने काममा अगुवाई गरिरहेको बताउनुभयो ।समृद्ध कर्णाली, खुसी कर्णालीबासीको लक्ष्य हासिल गर्न कर्णाली विकास मोडल निर्माण गर्ने मुख्यमन्त्री शाहीको भनाई छ ।मुख्यमन्त्री शाहीले यो वर्षको बजेट कार्यानवयन पुरानै प्रणालीमा अघि बढ्ने तर आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि पूर्व तयारी गर्ने बताउनुभयो ।बैठकले नितिगत एकरुपता र बजेट कार्यान्वयनलाई प्राथमिकता दिएको मुख्यमन्त्री शाहीको भनाई छ ।परिषदको बैठकले कर्णालीमा खेर गईरहेको पानीबाट ५ सय मेगावाट क्षमाताको विधुत उत्पादनका लागि आवश्यक अध्ययन गर्ने साझा प्रतिवद्धता जारी गरेको छ । साझा प्रतिवद्धता पत्रमा पूर्वाधार विकास कृषि वन, पर्यटन उधोग उर्जा र सेवा जस्ता क्षेत्रमा परियोजना बैँक बनाई लगानी जुटाउने, योजना कार्याक्रमलाई दोहोरोपन आउन नदिन समन्वय गर्ने, गैरसरकारी संस्थालाई सरकारको निर्देशनमा एकद्धवार प्रणालीबाट विकासमा सहभागी गराउने उल्लेख गरिएको छ ।परिषद बैठकमा मुख्यमन्त्री, मन्त्री, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश सरकारका सचिवहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु र गाउपालिकाका अध्यक्ष उपाध्यक्षहरु सहभागी हुन ।

Share.

About Author

Leave A Reply