कर्णाली प्रदेश समन्वय परिषदको पहिलो बैठक बीरेन्द्रनगरमा जारी।

0

माघ-१५ सुर्खेत।कर्णाली प्रदेश समन्वय परिषदको पहिलो बैठक हीजाे बाट प्रदेस राजधानी सुर्खेतको बीरेन्द्रनगरमा सुरु भएको छ। बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परिषद बैठकलाई उपलव्धीमूलक बनाइने र भएका निर्णयहरुलाई तत्काल कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनु भएको छ ।उहाँले संघ, प्रदेश र स्थानीय तहको वुझाइमा एकरुपता नहुँदा अन्यौलको वातावरण सिर्जना भएकोले अव एकरुपता ल्याएर प्रदेशको उन्नतिको कामलाई गति दिने दाबी पनि गर्नुभएको छ ।केन्द्रबाट आएको बजेट कार्यान्वयन हुन नसकेको भन्दै उहाँले बजेट कार्यान्वयन गर्नका लागि पनि बैठकले सहयोग गर्ने आसा गरेको बताउनु भएको छ ।हीजाेको बैठकमा प्रशासनविद् काशीराज दाहाल र प्रदेश  मुख्य सचिव रामप्रसाद थपलिया तथा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. पूण्यप्रसाद रेग्मीले कार्यपत्र प्रस्तुत गर्नुभएको छ । आजसम्म चल्ने बैठकले प्रदेश र स्थानीय सरकारका साझा संवैधानिक अधिकारको प्रयोग, प्राकृतिक स्रोत साधनहरुको उपयोग, विकास निर्माणका कार्यहरुमा सहकार्य बारे साझा धारणा बनाउनेछ। परिषद बैठकमा मुख्यमन्त्री र मन्त्रीहरु, प्रदेश सरकारको प्रमुख सचिव, प्रदेश सरकारका सचिवहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु र गाउपालिकाका अध्यक्ष उपाध्यक्षहरु सहभागी छन् । यसअघि असोज १९ र २० गते आयोजना गरिएको समन्वय परिषदको बैठक तयारी अभाव भएको भन्दै स्थगित भएको थियो ।

 

Share.

About Author

Leave A Reply