कर्णाली प्रदेश सरकारकाे सय दिन पुरा ।

0

जेठ–१४सुर्खेत।प्रदेशको नाम र राजधानी तोक्नमा ७ वटै प्रदेशमा पहिलो भएको कर्णाली प्रदेश सरकार गठन भएको १ सय दिन पुरा भएको छ।गठन भएको १ सय दिन सम्म भएका केहि महत्वपूर्ण कामलाई प्रदेश सरकारले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ।प्रदेशको पर्यटन विकासका लागि घोषणा गरेको रारा कर्णाली पर्यटन वर्ष २०७५ लाई सफल बनाउनका लागि विभिन्न कार्यक्रम गर्ने सरकारले जनाएको छ। यो अवधिमा कर्णाली प्रदेश सरकारले तीन महिने नीति तथा कार्यक्रम र बजेट ल्याएर कार्यक्रम संचालन गरेको छ।पत्रकार सम्मेलनमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सदरमुकाम सुर्खेतबाट मुगु र हुम्ला जोड्न लिंक रोडको घोषण, प्रदेश समृद्धिका आधार तय गर्न विज्ञहरुसँग बृहत अन्तरक्रिय, महिनामा एक दिन श्रमदान गर्ने लगायतका काम गरिरहेको जानकारी दिनुभएको छ।यस्तै आवश्यक कानून निर्माण गर्नुका साथै प्रदेशलाई डिजिटल बनाउने काम सुरु गरिएको कर्णाली सरकारले जनाएको छ।प्रदेश सरकारलाई गतीमा अघी बढाउनका लागी कानुन निर्माणमा ढिलाई हुँदा केहि बाधा भएपनि प्रदेशसभा कानुन निर्माणका लागि जुटिरहेको मुख्यमन्त्री शाहीले जानकारी दिनुभएको छ।मुख्यमन्त्री शाहीले बजेट ल्याईए पनि आवश्यक कानुन र जनशक्ति अभावका कारण सोचे अनुसारको गतिमा प्रदेश सरकार हिड्न नसकेको स्वीकार गर्नुभएको छ।यस्तै कर्णाली प्रदेशको सय दिनमा भएका प्रगतीका बारेमा जानकारी गराईए पनि रारा कर्णाली पर्यटन वर्ष उद्धघाटनका क्रममा भएको खर्च विवरण भने सार्वजनिक गरिएको छैन। उद्धघाटनमा भएको खर्चबारे केहि दिनमै सार्वजनिक गर्ने तयारी गरिएको कर्णाली प्रदेश सरकारले जनाएको छ।

Share.

About Author

Leave A Reply