कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित।

0

वैशाख-१३सुर्खेत। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। सभामुख राजबहादुर शाहीले सर्वसम्मत रुपमा सरकारको नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभएको यो ।प्रदेशसभामा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नारै नारा र उखानले मात्रै भरिएको बताउनु भयो ।विषयबस्तुलाई प्राथमिकता दिएर निर्धारण गर्नुपर्नेमा सवै क्षेत्रमा हात हाल्दा खिचडी बन्न पुगेको उहाँको भनाइ छ ।उहाँले प्रदेशका प्राथमिक र माध्यमिक विधालयलाई राम्रो संग चलाउन नसकेको अवस्थामा मध्यपश्चिमाञ्चल विश्वविद्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ प्रदेश सरकार मातहतमा राख्ने कुरा अपरिपक्क भएको टिप्पणी गर्नुभयो ।यस्तै अर्का सांसद करबिर शाहीले छोटो समयमा बनेको नितिलाई कार्यान्वयन गर्न सके कर्णालीका जनताको जिवन स्तर माथि उकास्न सहज हुने बताउनुभयो ।यस्तै सांसद कृष्णा शाहले प्रदेश स्तरमा महिला तथा बालबालीकाको हितमा काम गर्न मन्त्रालय नभएकाले पनि नितिमा महिलाहरुको सुरक्षाका लागि विभाग राख्नुपर्नेमा जोड दिनुभयो ।बैठकमा यस्तै सांसद गुलाबजंग शाहले शहिदको बलिदानबाट प्राप्त भएको प्रदेशको निति तथा कार्यक्रममा शहिदकालागि कुनै पनि कार्यक्रम नल्याईनु दुखद भएको भन्दै शहिद परिवारलाई राहतको व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको छ। बैठकमा शुशिल थापा, राजु नेपाली, पद्मा खड्का लगायतका सांसदले आआफ्नो भनाई राख्नुभएको छ।नीति तथा कार्यक्रममाथि उठेको जिज्ञासाको जवाफ दिदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलेहुम्ला, डोल्पा र मुगुबाट उत्तरी नाका खोल्न पहल गर्ने योजना नीति तथा कार्यक्रममा ल्याइएको बताउनु।बैठकमा बोल्ने सत्तारुढ दलकै सांसदहरुले सरकारको कार्य शैलि प्रति असन्तुष्टि जनाएका छन।

Share.

About Author

Leave A Reply