कर्णाली प्रदेश सरकारको बजेट १२ प्रतिशत मात्र खर्च।

0

जेठ-२६ सुर्खेत।आर्थिक वर्ष सकिन २ महिना मात्रै बाकि रहँदा कर्णाली प्रदेश सरकारको बजेट खर्च १२ प्रतिशत पुगेको छ।

लक्ष्य अनुरुप बजेट खर्च गर्न नसकेको कर्णली प्रदेश सरकारको पुजिगत बजेट खर्च ४ प्रतिशत मात्रै रहेको छ।

कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सन्तबहादुर सुनारले आर्थिक वर्ष २०७५ ०७६ मा कर्णाली सरकारको भने चालु तर्फ १६ दशमलबर दुई चार प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो।

प्रदेशका मन्त्रालयले ढिलो गरी योजना संचालन प्रक्रिया सुरु गरे पछि बजेट खर्चमा ढिलाई भएको सरकारको दाबी छ।

आर्थिक वर्ष २०७५/०७६ का लागि २८ अर्ब २८ करोड २८ लाख रुपैया बजेट विनियोजन गरेको सरकारले प्रदेशका विभिन्न मन्त्रालय र निकायहरुलाई २६ अर्ब २८ करोड ३६ लाख रुपैया बजेट खर्च गर्न अख्तीयारी दिएको थियो।

अन्य मन्त्रालयको तुलनामा भौतिक पुर्वाधार मन्त्रालयलमा खर्च गर्नुपर्ने बजेट धेरै भए पनि भौतिक पुर्वाधार मन्त्रालयको बजेट कार्यान्वयन कम रहेको छ।

यता चैत मसान्त सम्म जिल्लागत बजेट खर्चको अवस्था हेर्दा मुगुमा बढि देखिएको छ।

पुजिगत तर्फको बजेट खर्च मुगुमा २३.०२ प्रतिशत बजेट खर्च भएको छ।

यस्तै डोल्पामा १२ दशमलव १६सुर्खेतमा ११ दशमलव पाच चार,दैलेखमा ८ दशमलव नौ एककालीकोटमा ७ दशमलव सात दुई र पश्चिम रुकुममा ७ दशमलव दुई सात प्रतिशत बजेट खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

यस्तै सल्यानमा ५ दशमलव ५४ प्रतिशत बजेट खर्च हुँदा जाजरकोटमा २ दशमलव तिन शुन्यहुम्लामा १ दशमलव चार छ र सबैभन्दा कम जुम्लामा ० दशमलव नौ छ प्रतिशत बजेट कार्यान्वयन भएको छ।

Share.

About Author

Leave A Reply