कर्णाली प्रदेश सरकारले सांसदलार्इ रातो किताब उपलब्ध गरायो।

0

कात्तिक१४ सुर्खेत। प्रतिपक्षी दलको निरन्तरको दबाब पछि कर्णाली प्रदेश सरकारले संसदमा आर्थिक वर्ष २०७५/ ०७६ को वार्षिक कार्यक्रम अर्थात रातो किताब उपलब्ध गराएको छ।सांसदहरुलाई रातो किताब उपलब्ध गराउनुपर्ने र सरकारका काम बारे मुख्यमन्त्रीले संसद बैठकमा जानकारी गराउनुपर्ने प्रतिपक्षी दल नेपाली कांग्रेसको माग पछि स्थगीत भएको कर्णाली प्रदेशसभाको बैठकमा सांसदहरुलाई रातो किताव उपलब्ध गराईएको हो।संसद बैठकलाई सम्बोधन गर्दै बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार अहिले बजेट कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो।उहाँले कर्मचारी अभाव र बजेट कार्यान्वयनका केहि अफठ्याराका बिचबाट कर्णाली प्रदेश सरकार चलिरहेको भन्दै ढिलाई गरेर भए पनि बजेट कार्यान्वयनलाई परिणाम मुखी बनाईने बताउनुभयो।यसैबिच कर्णाली प्रदेशसभामा पेश भएको गाउँ सभा तथा नगर सभा संचालन गर्न बनेको विधेयक २०७५ संसोधन पश्चात आज बहुमतले पारीत भएको छ।

Share.

About Author

Leave A Reply