कर्णाली प्रदेश सरकारले ३ महिनाका लागि ल्याएकाे बजेट कार्यान्वयन गर्नुपर्नेमा सांसदकाे जोड।

0

जेठ–१४सुर्खेत।कर्णाली प्रदेश सरकारले ३ महिनाका लागि ल्याएको बजेट कार्यान्वयन हुन नसकेको प्रति कर्णाली प्रदेश सभाका सांसदहरुहरुले चिन्ता व्यक्त गरेका छन्।आर्थिक वर्ष २०७४ ०७५ का अन्तिम ३ महिनाका लागि ल्याएको बजेट कार्यान्वयन हुन नसक्नुले प्रदेश सरकार प्रति जनताको आशा टुट्टै गएको भन्दै सत्तापक्ष र प्रतिपक्षि दलका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। बसेको कर्णाली प्रदेशसभाको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बजेट कार्यान्वयन हुन नसक्दा बजेट फ्रिज हुने पुरानै समस्या दोहोरीएको भन्दै सरकारलाई प्रश्न समेत गरेका छन।बैठकमा सुर्खेतका सांसद बिन्दमान बिस्टले सरकारले ल्याएको बजेट फिर्ता हुने अवस्था सिर्जना हुदाँ सम्म ४ वर्ष देखि पालमै बसेका बाढिपिडितलाई वेवास्ता गर्नुले सरकार प्रतिको आशा निराशामा परिणत भएको बताउनुभयो।दैलेखका सांसद अम्मरबहादुर थापाले नितिगत निर्णय बिना नै बजेट ल्याउनुले पनि बजेट कार्यान्वयनमा अलमल थपिएको बताउनुभयो। सांसद थापाले ३ महिनाका लागि आएको बजेट कार्यान्वयनका लागि केन्द्रिय अर्थ मन्त्रालयको निर्देशन अभावको कारण देखाउँदै प्रदेश मन्त्रालयले खर्च गर्न नसक्नु लज्जास्पद विषय भएको बताउनुभयो।यस्तै मुगुका सांसद दानसिंह परियारले अहिलेको बजेट कार्यान्वयन गर्न समस्या भए पनि आर्थिक वर्ष २०७५ ०७६ को बजेट खर्च गर्न समस्या हुन नदिनका लागि पुर्व तयारी गर्न आग्रह गर्नुभएको छ।यता प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठले बजेट कार्यान्वयन गर्नका लागि सरकारले चासो नदेखाएकोमा आपत्ति जनाउँदै यो सरकार जनताका आवश्यकता प्रति गम्भीर बन्न नसकेको आरोप लगाउनुभएको छ। यस्तै सांसदहरु पद्मा खड्का, यज्ञबहादुर बिसी, पदमबहादुर रोकाय, रातो कामि लगायतले बजेट ल्याउने तर कार्यान्वयनमा अड्चन देखाउने समस्याको समाधान गर्न आग्रह गर्नुभएको छ।

Share.

About Author

Leave A Reply