कर्णाली प्रदेश सरकार संरचना विस्तार गर्दै।

0

कात्तिक ८सुर्खेत।जनतालाई सहज सेवा–सुविधा पुर्याउन कर्णाली प्रदेश सरकारले संरचना विस्तारमा जोड दिएको छ।सात मन्त्रालय रहेको प्रदेश सरकारले तत्काल बजेट कार्यान्वयन गर्न आफ्ना बेग्लै साङ्गठनिक संरचना निर्माणमा जोड दिएको हो।जिल्ला स्तरमा प्रदेशका आफ्नै संरचना नहुँदा गत वर्षको अन्तिम चौमासिक अवधिका लागि ल्याइएको बजेट कार्यान्वयन हुन सकेको थिएन।सामाजिक विकासमन्त्री दल रावलले कर्मचारीअभावकै कारण यस वर्ष पनि बजेट कार्यान्वयनमा समस्या हुने देखिएपछि करारमा भर्ना लिने तयारी गर्नुपरेको बताउनुभयो।उहाँले कार्यविधि बनाइसकेको भन्दै मन्त्रिपरिषद्को आगामी बैठकबाट कार्यविधि पनि पारि गर्ने तयारी भएको बताउनुभयो।भौतिक संरचना र कर्मचारी अभावले विकास बजेट अझै कार्यान्वयन हुन सकेको छैन। यसै बिच मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई पनि प्रदेश अन्तर्गत ल्याइएको छ। सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी मणिराम खरालले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मेहेल्कुना अस्पतालसहित सात वटै जिल्ला अस्पताल, दुई आयुर्वेद औषधलाय, आठ आयुर्वेद स्वास्थ्य केन्द्र प्रदेश सरकार मातहत आइसकेको बताउनुभयो।सुर्खेत, सल्यान, पश्चिम रुकुम, जुम्ला, मुगु, हुम्ला र डोल्पा स्वास्थ्य कार्यालय पनि प्रदेश मातहत आइसकेका छन।

Share.

About Author

Leave A Reply