कर्णाली प्रदेसमा डिजेल र पेट्रोलको भन्डार क्षमता नहुदाँ समस्या।

0

पुष-२७ सुर्खेत।कर्णाली प्रदेसमा डिजेल र पेट्रोल लगाएतका पेट्रोलियम पदार्थको माग अहिले वार्षिक रुपमा ३० देखि ४० प्रतिशतले बढेपनि यी दुवैको भन्डार क्षमता भने शून्य रहेको छ।नेपाल आयल निगम कर्णाली प्रादेसिक कार्यालय बीरेन्द्रनगरका प्रमुख दिपकप्रसाद घिमिरेले भन्डार क्षमता नहुदाँ परनिर्भर हुनुपरेको भन्दै भन्डार क्षमता विकास गर्न पहल भइरहेकाे बताउनु भयो।उहाँले भन्डार क्षमता नहुदाँ आपुर्तिमा समस्या हुने बित्तिकै पेट्रोलिय पदार्थको अभाव हुने भएकाले दुर्इवर्षभित्र भन्डारण क्षमता विकास गर्नेगरी प्रक्रिया अघि बढाएको बताउनु भएको छ।९० दिनसम्म भन्डार गर्ने क्षमताको विकास गर्नुपर्ने सरकारी निति भएपनि तत्कालकालागि डिजेल ४ लाख २० हजार र पेट्रोल २ लाख १० लिटर भन्डार क्षमता विकास गर्ने तयारी थालिएको छ ।अहिले यहाँ दैनिक  डिजेल १ लाख ६० हजार  र पेट्रोल २० हजार लिटर बिक्री हुने गरेपनि माग अनुसार आपुर्ति हुन भने नसकेको उहाँको भनाइ छ ।

Share.

About Author

Leave A Reply