कर्णाली प्रदेसमा धेरै कर तिर्ने आठ वटा संस्था सम्मानितः

0

मंसिर ८ सुर्खेत, कर्णाली प्रदेशमा सबै भन्दा धेरै कर तिर्ने ८ संस्थालार्इ आन्तरिक राजश्व कार्यालय सुर्खेतले सम्मान गरेको छ।

कर सप्ताहको अबसर पारेर उनिहरुलार्इ विभिन्न विधामा राखेर छनौट गरिएको आन्तरिक राजश्व कार्यलय सुर्खेतले जनाएको छ।

सबै भन्दा धेरै कर तिर्नेमा सुर्खेतको बौदग्रामिण बहुउदेश्यीय सहकारी संस्था, डोल्पाको अम्बे निर्माण सेवा, दैलेखको श्रेष्ठ टेड्लिङ कन्सल्टेन्सी र जाजरकोटको किशोर एण्ड क्रिस सप्लायर्स रहेका छन।

यस्तै जुम्लाको चन्दनाथ सहकारी संस्था कालिकोटको चंखेली र मुगुको शान्तीदेव निर्माण पनि धेरै कर तिर्न सफल भएको कार्यलयले जनाएको छ।

स्वच्छ कर प्रशासनः विकास र सुशासन भन्ने नाराका साथ गतमंसिर १ गते बाट साताव्यापी रुपमा कर सप्ताहको आयोजना गरिएको थियो।

एक सातामा सुर्खेत सहित विभिन्न जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिएको कार्यलयले जनाएको छ।

कार्यक्रममा कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर नै राज्य सञ्चालनको मुल स्रोत भएकाले ईमान्दिारी पुर्वक राज्यलाई कर तिर्न सबै नागरिक सचेत हुनुपर्नेमा जोडदिनुभयो।

उहाँले हरेक महिना स्थानिय तहमा कर सम्बिन्धि सचेतना मुलक कार्यक्रम गर्न सुझाव दिदै करलार्इ करले नभर्इ रहरले तिर्ने बातावरण बनाउनुपर्नेमा जोडदिनुभयो।

कार्यक्रममा आन्तिरिक राजस्व कार्यलय सुर्खेतका कार्यलय प्रमुख कर अधिकृत भुमिराम शर्माले गत आर्थिक बर्षमा आर्थिक बर्षमा उल्लेखिय कार्य गरेको दाबी गर्नुभयो।

उहाँले पछिल्लो समय नागरीकहरु करप्रति सकरात्मक रहेको भन्दै सबैले कर तिर्ने बानिको विकास गर्नुपर्नेमा जोडदिनुभयो।

कार्यक्रममा सहभागीहरुले आफुले तिरेका कर आफ्नै लागि हो भन्ने कुरा झर्को नमानेर समयमै कर तिर्नुपर्ने बताएका छन।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का,वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिधृत टिकाराम ढकाल, सुर्खेत उधोग बाणिज्य संघका उपाध्यक्ष दिपेन्द्र ढकाल च्यामबर अफ कम्मर्षका अध्यक्ष चिन्तामणी शर्मा लगायत सुर्खेत स्थित विभिन्न संघ संस्थाका प्रमुख एवम प्रतिनिधिको सहभागीता रहेको थियो।

 

 

Share.

About Author

Leave A Reply