कर्णाली प्रदेसमा स्थानिय तहमा बढी भष्ट्राचार हुने गरेको उजुरी।

0

माघ-२९ सुर्खेत।भ्रष्टाचार कम गर्न निति नियम भन्दा पनि बानी ब्यवहार सुर्धानु पर्नेमा बीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ वार्षिकोत्सव कार्यक्रमका सहभागीहरुले भ्रष्टाचार न्युनिकरणकालागि सेवा दिनेको सकारात्मक सोच हुनुपर्नेमा जोड दिएका हुन्।आयोगको कार्यालय सुर्खेतले गरेको कार्यक्रममा कर्णालीका प्रदेश प्रमुख दुर्गाकेशर खनालले राज्यको पुर्नसंरचनासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार न्युनिकरणमा चुनौती थपिएको बताउनु भयो।चारीको संयुक्त प्रयासबाटमात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिनेमा जोड दिनुभयो।जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छबिलाल सिग्देलले काम कारबाही नयाँ भएपनि कर्मचारी पुरानै ढंगबाट चलेको भन्दै काम गर्ने प्रणालीमा सुधार गर्न जरुरी रहेको बताउनु भयो।कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले कर्णाली प्रदेशलाई भ्रष्टाचार रहित प्रदेश बनाउन जनप्रतिनिधि र कर्मचारी इमानदार बन्नुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा कर्णालीका मुख्य न्यायधिवक्ता विधाभुषण मानन्धर, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा लगायतले भ्रष्टाचार न्युनिकरणकालागि निजी र सरकारी निकायबिच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीले भ्रष्टाचारको अवस्थामा बढ्दै गईरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो।सदाचार,निष्पक्षता, निर्भिकता भन्ने मुल नाराका साथ मनार्इएको स्थापना दिवसका अवसरमा भएको वक्तित्वकलामा प्रथम हुने आदर्शविक्रम सिंह, द्धितिय भरत खत्री र तृतिय हुने दिपेन्द्रकुमार केसीलाई पुरस्कार प्रदान गरिएको छ। यसैबिच स्थापना दिवसको अवसरमा आयोजना गरिएको कविता प्रतियोगीतामा प्रथम प्रविणकुमार आचार्य, द्धितिय सर्वज्ञा आचार्य र तृतिय युवराज उपाध्यायलाई प्रमाण पत्र सहित पुरस्कार वितरण गरिएको छ ।यसैबिच कार्यक्रममा भ्रष्टाचार न्युनिकरण सम्बन्धी चेतनामूलक नाटक ‘खाल्डो’ प्रर्दशन गरिएको छ।गणेशभक्त गौतमको लेखन तथा निर्देशन रहेको नाटकमा सार्वजनिक सेवा दिने कार्यालयहरुमा हुने आर्थिक चलखेल, सेवाग्राहीले भोग्नु पर्ने सास्ती लगाएतका बारेमा उल्लेख गरिएको छ।यस्तै कानुन तथा नितिनियम विपरित काम गरेमा ढिलो चाँडो सजाय भोग्नु सन्देस पनि नाटकमा दिर्इएको छ।नाटकमा प्रेमदव गिरी, उमालाल आचार्य, यामनाराण आचार्य,केशव ढकाल, भानुभक्त अधिकारी,माया थापा, हरि ढकाल, खम्बराज गिरी ,ज्ञानु नेपाली,जीवनजलन बिसी, गीता कटुवाल लगाएतका कलाकारले अभिनय गर्नुभएको छ ।

Share.

About Author

Leave A Reply