कर्णाली प्रदेसमा ६६ प्रतिशत आमाले मात्र ६ महिनासम्म बच्चालार्इ दुध चुसाउने गरेको सरकारी तथ्याँक।

0

साउन २३सुर्खेत।कर्णाली प्रदेशमा जन्मिने ३२ प्रतिशत शिशुले मात्र आमा विगौती दुध खान पाउने गरेको तथ्यांक सार्वजनिक भएको छ।२६ औँ स्तनपान दिववसको अवसरमा साताव्यापी कार्यक्रम चलिरहँदा कर्णालीमा स्तनपानको अवस्था नाजुक देखिएको छ।शिशु जन्मिएको १ घण्टाभित्र आमाको विगौती दुध खुवाउँदा शिशुलाई स्वस्थ बन्न मदत पुग्ने भएपनि जनचेतना अभावले धेरै आमाले नखुवाउने गरेको सरकारी तथ्यांक छ।जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी बसन्त श्रेष्ठले कर्णालीका ६६ प्रतिशत महिलाले मात्रै बच्चालाई ६ महिना सम्म स्तनपान गराउने बताउनु भयो।स्तनपानमा ध्यान नदिदा कर्णालीका बालबालीकामा कुपोषण, पुड्कोपन लगायतका शारिरिक समस्या देखिएको उहाँको भनार्इ छ।श्रेष्ठले कर्णालीका ५४ प्रतिशत बालबालीकामा पुड्कोपन, ३५ प्रतिशत बालबालीकामा कमतौल र ७ दशमलव ५ प्रतिशत बालबालीकाहरुमा ख्याउटेपनाको समस्या देखिएको जानकारी दिनुभयो।यसैबिच स्तनपान जीवनको आधार भन्ने मुल नारा सहित सुरु भएको स्तनपान सप्ताह आज समापन भएको छ।वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको समापन कार्यक्रमका सहभागीहरुले दिवसका अवसरमा मात्रै नभएर यसबारे नियमित रुपमा चेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन्।कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाको कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका वडा नंबर ८ का अध्यक्ष थम्मप्रसाद गौतमले कामकाजी महिलाहरुलाई स्तनपानमा समस्या भएको भन्दै यसलाई सहज पार्न नितिमै व्यवस्था गर्नुपर्ने बताउनु भयो।यस्तै वीरेन्द्रनगर नगरपालिकाको सामाजिक शाखाका संयोजक यमुना नेपालीले व्यवस्त हुने महिलाहरुकालागि सहज हुने गरी वीरेन्द्रनगर नगरपालिकाले निति बनाउन लागेको बताउनुभयो। सुर्खेतमा सप्ताहको उद्धघाटन र समापनमा कार्यक्रम आयोजना गरिए पनि अरु समयमा भने कुनै पनि औपचारीक कार्यक्रम गरिएको छैन।

Share.

About Author

Leave A Reply