कर्णाली प्रदेसलार्इ अर्गानिक प्रदेसका रुपमा विकास गरिने प्रधानमन्त्रीको भनार्इ।

0

वैशाख–३सुर्खेत।प्रधामन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा बिकास गरिने बताउनु भएको छ।मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रधामन्त्री ओलीले कर्णाली प्रदेशलार्इ आर्गनिक प्रदेश बनार्इने बताउनुभयो।प्रधानमन्त्री ओलीले कर्णाली क्षेत्रमा कृषिको प्रचुल सम्भावना रहेको भन्दै कृषिलार्इ आधुनिकिकरण गर्न सरकार लागी पर्नेमा जोडदिनु भयो।उहाँले कर्णालीका धेरै बालबालिका अहिलेपनि विद्यालयबाहिर रहेको भन्दै अब कोहीपनि बालबालिका विधालयबाहिर हुन नदिने गरी सरकारले नयाँ अभियान थालेको बताउनुभयो। बिश्वविधालयका कुलपती समेत रहनुभएका ओलीले विकासका लागि शिक्षालाई तिव्र गतिमा अघि बढाउनुपर्ने भन्दै गुणस्तरीय शिक्षाकालागी विश्वविधालयले दक्ष जनशक्ति उत्पादन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो। उहाँले विकासका दृष्टिकोणले पछि परेको कर्णाली प्रदेशलाई केन्द्रसरकारले प्राथमिकतामा राखेको भन्दै अब कर्णाली प्रदेशलाई पछि पर्न नदिने बताउनुभयो।कार्यक्रममा रक्षामन्त्री र्इश्वर प्रोखरेल,शिक्षामन्त्री गिरिराजमणि प्रोखरेल,पर्यटनमन्त्री रविन्द्र अघिकारी, कर्णली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतको सहभागीता रहेको थियो।कार्यक्रममा मध्पश्चिम विश्वविधालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कोर्इरालाको अध्यक्षतामा सम्पन्न भएको हो।

Share.

About Author

Leave A Reply