कर्णाली प्रदेस कप क्रिकेटमा आज दुइ खेल हुदै।

0

पुष-१५ ।कर्णाली प्रदेश कप टि टवान्टी क्रिकेट अन्र्तगत आज रुकुम र डोल्पाका साथै सुर्खेत र जुम्ला विचमा खेल हुनेछ।आज हुने आयोजक रुकुम र डोल्पाको खेलपछि समुह ए बाट सेमिफाईनलमा पुग्ने टिमको टुंगो लाग्ने छ।हजो भएका खेलहरुमा कालिकोट र सल्यान विजयी भएका छन् ।कालिकोटले आयोजक रुकुमलार्इ हराउँदा  सल्यानले डोल्पालाई पराजित गरेको हो।पहिलो खेलमा कालिकोटले रुकुमलाई ७ विकेटले पराजित गरेको हो।टस जितेर पहिले ब्याटिङ गरेको रुकुमले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय १३ रन बनाएको हो ।बिजय बिष्टले २२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो अंकमा रन बनाउन सकेनन्।कालिकोटकालागि प्रतिक गिरीले सर्वाधिक ४ विकेट लिनुभयो।जवाफि ब्याटिङमा उत्रिएको कालिकोटले १६ ओभरमा ३ विकेट गुमाएर लक्ष पुरा गर्यो । उसका लागि प्रतिक गिरीले नट आउट ४३ रन बनाउनु भयो ।यस्तै सल्यानल डोल्पालाई ७ विकेटले पराजित गर्यो ।टस जितेर पहिले ब्याटिङ गरेको डोल्पाले १४ दशमलव १ ओभरमा सबै १० विकेट गुमाएर ६४ रन जोडेको थियो ।डोल्पालाई सस्तैमा समेट्ने क्रममा सल्यानका दिवान पुनले सर्वाधिक ४ विकेट लिनुभयो।जवाफि ब्याटिङमा उत्रिएको सल्यानले मात्र ४ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर लक्ष पुरा गरेको हो।

Share.

About Author

Leave A Reply