कर्णाली प्रदेस सभाको पाँचौं अधिवेशन सुरु।

0

माघ-२५ सुर्खेत।कर्णाली प्रदेश सभाको पांचौं अधिवेशनको पहिलो बैठकमा बोल्ने सांसदले सरकारको काम प्रति असन्तुष्टि जनाएकाछन् ।

बैठकमा प्रतिपक्षका मात्र हैन सत्तापक्षकै सांसदले पनि सरकारको दुइ वर्षको अवधिमा भएका विकास निमार्ण लगाएतका काममा असन्तुष्टि जनाएकाहुन् ।

यस्तै सत्तापक्षकै सांसद यामलाल कडेलले सरकारले गरेका निर्णय स्थिर नहुदा सोचेअनुसार सरकारले उपलब्धि  हाँसील गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले सरकार बाहिर र भित्र रहेका सबै सांसदले सहकार्य गरेर अघि बढ्नुपर्ने भन्दै सरकरको काम कारबाही अघि बढाउन सम्बद्ध निकाय लाग्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेश संसदिय दलका नेता जिवन बहादुर शाहीले सरकारको दुइ वर्षको अवधिमा समित गठन देखि विकास निमार्णका कुनैपनि काम अघि नबढेको बताउनु भयो ।

उहाँले औषधि नपाएर कोहि विरामीले ज्यान गुमाउनु पर्दैन भनीरहेका बेला हुम्लामा धेरै जनाको ज्यान गएको भन्दै सरकारको आलोचना गर्नुभयो ।

यस्तै राप्रपाका सांसल सोशिला शाहीले सरकारले समयमा नै धेरै ऐन कानुन निमार्ण गरेको तर बजेट कार्यान्वयनको अवस्था निराशाजनक  रहेको बताउनु भयो ।अब संसदको अर्काे बैठक फागुन १ गते विहिबार बस्ने भएको छ ।

Share.

About Author

Leave A Reply