कर्णाली प्रदेस सभामा मन्त्रालयगत बजेटबारे छलफल जारी।

0
असार-२४ सर्खेत।कर्णाली प्रदेस विभिन्न मन्त्रालयकालागि छुयाएको बजेट परिणाममुखि भन्दा पनि वितरणमुखि भएको भन्दै सांसदहरुले सच्याउन माग गरेका छन ।प्रदेशसभाको बैठकमा सामाजिक विकास मन्त्रालयको आगामी वर्षको बजेटमाथि छलफलमा भागलिने अधिकांश  सांसदले सच्याउन माग गरेका हुन ।सत्ताधारी नेकपाका सांसद विन्दमान विष्टले नीति तथा कार्यक्रमको मर्यादा बिपरित बजेट ल्याइएको टिप्पणी गर्नुभयो ।नीति तथा कार्यक्रममा १ करोडभन्दा तलका योजना नल्याउने भनिएता पनि सामाजिक विकास मन्त्रालयले भने ५ देखी १० लाख सम्मका साना र टुक्रे योजना ल्याएको भन्दै सच्याउन माग गर्नुभयो ।

 

नेपाली कांग्रेसका सांसद हिमबहादुर शाहीले शाहीले सरकारको बजेटलाई जमेको पोखरिको संज्ञा दिदै जस्को क्षमता र पहुँच हुँन्छ उसैले पाउँने गरेको बताउनु भयो ।जनताप्रति उतरदायी भएर बजेट ल्याउन आग्रह गर्दै उहाँले सांसदकुरा सरकारले नसुन्दा बोल्नु नबोल्नुको अर्थ नभएको बताउनु भयो ।सांसद देबी ओली पनि सांसदहरुले सदनमा उठाएका कुनै पनि कुराको सरकारले कार्यान्वयन नगरेको प्रति व्याग्य गदै सांसदका सुझाब सरकारलाई काग कराउँदै जान्छ पिना सुक्दै जान्छ भने जस्तै भएको बताउनुभयो ।कर्णालीका ९ लाख महिलाहरुको सामाजिक सुरक्षा,महिला रोजगार र उद्यमशिल्ता संग सरोकार राख्ने सामाजिक विकास मन्त्रालयको बजेट हेर्दा निराशजनक भएको बताउनु भयो

 

Share.

About Author

Leave A Reply