कर्णाली प्रदेस सभाले चारवटा समिति गठन गर्यो

0

चैत–२७सुर्खेत।कर्णाली प्रदेश सभाले ४ वटा बिषयगत  समिति गठन गठन गरेको छ ।बसेको प्रदेश सभा बैठकले विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति गठन गरेको हो।वैठकले गठन गरेको विद्यायन तथा प्रदेश मामिला समितिको सदस्यमा जीवनबहादुर शाही, चन्द्रबहादुर शाही, देवी वली, धर्मराज रोग्मी, पदमबहादुर रोकाय, विन्दमान विष्ट र मिनासिंह रखाल रहनुभएको छ।यस्तै अर्थ तथा प्राकृतिक स्रोत समितिमा यामलाल कँडेल, अमृता शाही, अम्मरबहादुर थापा, कुर्मराज शाही, दानसिंह परियार, धिरबहादुर शाही, सिताकुमारी नेपाली, सोशीला शाही र हिमबहादुर शाही हुनुहुन्छ।यसैगरी सार्वजनिक लेखा समितिको सदस्यहरुमा सांसदहरु करवीर शाही, गणेशप्रसाद सिंह, गुलावजंग शाह, गोपाल शर्मा, झोवा विक, दिनवन्धु श्रेष्ठ र बदमी क्वारी बोहरा रहनुभएको छ।यस्तै सामाजिक विकास समितिमा सांसदहरु कृष्णा शाह, कौशीलावति खत्री, ठम्मरबहादुर विष्ट, पद्मा खड्का, यज्ञबहादुर विसी, राजु नेपाली, रातो कामी र सुशीलकुमार थापा सदस्य रहेका छन्।सभामुख राजबहादुर शाहीले ४ वटै समितिमा रहने सदस्यहरुको नाम संसद बैठकमा प्रस्तुत गरे पछि सांसदहरुले सर्वसम्मत पारित गरेका हुन् ।समितिका सदस्यहरुको बैठकले अध्यक्ष चयन गर्नेछ ।

Share.

About Author

Leave A Reply