कर्णाली प्रदेस सरकारको बजेट कार्यान्वयन सुरु हुन सकेन।

0

अाेज २२सुर्खेत। कर्णाली प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आवश्यक संघिय सरकार र प्रदेश सरकारबिच उचित तालमेल नहुँदा प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रिया सुरु हुन समस्या भएको बताउनु भएको छ।कार्यप्रगति तथा भावी योजना बारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले विकास निर्माणका काम जेठभित्रै सक्ने लक्ष्य भएपनि त्यसो हुन नसकेको बताउनु भयो ।आर्थिक वर्ष २०७५/ ०७६ सुरु भएको ४ महिना बितिसक्दा पनि बजेट कार्यान्वयन प्रक्रिया सुरु हुन नसक्नु आफैँमा लज्जास्पद विषय भएको मन्त्री ज्वालाको भनाई छ।मन्त्री ज्वालाले कर्णाली सरकारले खर्चमा मितव्ययिता कायम गर्न विषयगत मन्त्रालयलाई ४३ बुँदे मार्ग दर्शन सहित अख्तियारी जारी गरिएको जानकारी दिनुभयो।मन्त्रालयका सचिव ढुण्डीप्रसाद अर्यालले प्रदेशमा आउनुपर्ने कर्मचारी मध्य ५० प्रतिशत कर्मचारी अनुपस्थित रहेकाले प्रदेश मातहतका संरचना स्थापना गर्न नसकिएको बताउनु भयो।संरचना अभावमा जिल्लामा बजेट खर्च गर्ने अख्तियारी पठाउन नसकिएको सचिव अर्यालको भनाई छ ।यसैबिच आर्थिक मामिला तथा योजना मन्त्रालयले ९ वटा ऐनहरु प्रमाणिकरण गरी लागु गरिरहेको जनाएको छ ।मन्त्रालयले कर्णाली प्रदेश कर तथा गैर कर ऐन, कर्णाली प्रदेश आकस्मिक कोष ऐन, कर्णाली प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन ऐन,कर्णाली प्रदेश सञ्चित कोष सञ्चालन नियमावली र कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका लगायतका ऐनले कामकाजमा सहजता भएको सचिव अर्यालले जानकारी दिनुभयो ।

Share.

About Author

Leave A Reply