कर्णाली प्रदेस सरकारले यो वर्षको तीन महिनाकालागि ल्याएको बजेटमा सत्तारुढ दलकै सांसद आक्रोशित।

0

वैशाख–१५सुर्खेत।कर्णाली प्रदेश सरकारले यो आर्थिक वर्षको बाँकी ३ महिनाकालागि संसदमा पेश गरेको बजेटमा आफूहरुको क्षेत्रलार्इ पक्षपात गरिएको भन्दै प्रदेशसभाका सांसदहरुले असन्तुष्टि जनाएका छन् ।बजेटबारेको छलफलमा भाग लिने सत्तारुढ दलकै सांसदहरुले समेत बजेट मन्त्रीको क्षेत्रमा बढि र अन्य क्षेत्रमा कम बजेट छुट्याएको भन्दै तिव्र असन्तुष्टि जनाएका हुन् ।संसद बैठकमा बोल्दै एमालेका सांसद कौशिलावती खत्रीले सरकारले पहिलो पटक विनियोजन गरेको बजेट हेर्दा आत्मग्लानी भईरहेको बताउनु भयो ।उहाँले सरकारले ल्याएको बजेटले आफुलाई भोट दिएर सदनमा पु¥याउने जनताका चाहाना पुरा गर्न सक्ने अवस्था सिर्जना नभएको भन्दै प्रदेश सरकार प्रति गुनासो गर्नुभयो ।यस्तै एमालेकै सांसद दानसिंह परियारले सरकारले निति तथा कार्यक्रममा कर्णालीमा जरा गाडिरहेको जातिय छुवाछुत अन्त्य गर्ने उल्लेख गरे पनि बजेट नछुट्याउनु दलित क्षेत्रका जनताको अपमान भएको बताउनुभयो ।माओवादीका सांसद पदमबहादुर रोकायले आर्थिक आर्जनको प्रमुख स्रोत रहेका जडिबुटि, जुम्लाको सिंजा लगायतका क्षेत्रमा पनि सरकारले बजेट छुट्याउन कन्जुस्याई गरेको भन्दै समान बजेट छुट्याउनकालागि मन्त्री हुनै पर्ने बाध्यता हो भन्दै संसदमा प्रश्न गर्नुभयो । यस्तै सांसद बदमी क्वारी बोहोराले जनसंख्याको आधारमा नभई विकास निर्माणको आधारमा बजेट छुट्याउनुपर्नेमा जोड दिनुभएको छ ।यस्तै नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाहीले नियमले चल्नुपर्ने संसद मनपरि ढंगले चल्न थालेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गर्नुभएको छ ।प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकारको चालु तर्फ ४३ करोड ८४ लाख र पूँजीगत तर्फ ५८ करोड २० लाख गरी १ अर्ब २ करोड पाँच लाख बजेट पेश गर्नुभएको हो ।बजेटमाथि आज पनि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

Share.

About Author

Leave A Reply