कर्णाली प्रदेस सुहाउँदो शिक्षा निती बनाउन सुझाव।

0

साउन १७ सुर्खेत।कर्णाली  प्रदेश सुहाउँदो व्यवसायिक र रोजगारमूलक शिक्षा नीति बनाउनुपर्ने सरोकारवालाले औंल्याएका छन।कर्णाली प्रदेशले ल्याउन लागेको शिक्षा नीति तथा ऐनको मस्यौदामाथिको राय सुझाव संकलनका सहभागिले  व्यवहारिक शिक्षा निति बनाउनु पर्नेमा जोड दिएका हुन।सामाजिक विकास मन्त्रालयले गरेको प्रादेशिक शिक्षा नीति तथा ऐनको मस्यौदामाथिको छलफलमा मन्त्रालयले प्रादेशिक शिक्षा नीति वारे जानकारी दिदैं विद्यालयमा भर्ना भएकालाई कक्षामा टिकाउन र विद्यालय बाहिर भएका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा प्रवेश गराउनपनि जोड दिइएको छ।कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले अन्य प्रदेशभन्दा कर्णाली प्रदेश विकट र अभावग्रस्त रहेकोले प्रदेश सुहाउँदो शिक्षा नीति तयार गरिने बताउनु भयो।उहाँले बेरोजगार उत्पादन गर्नेभन्दा जीवनोपयोगी र प्राविधिक शिक्षालाई प्रदेश सरकारले अवलम्बन गर्ने प्रतिवद्धता जनाउनु भयो।मन्त्रालयका सचिव गिरिजा शर्माले शिक्षा नीतिमा आधारित भएर कर्णाली प्रदेशको समग्र शैक्षिक अवस्था सुधार गर्ने योजना रहेको जानकारी दिनुभयो।प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा माविमा फरक फरक विषयका प्राविधिक तथा व्यवसायिक शिक्षाको कार्यक्रम संचालन गरिने, सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालय र जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रादेशिक विश्वविद्यालयको रुपमा संचालन गर्ने, सुर्खेतको क्षेत्रीय अस्पताललाई प्रादेशिक शिक्षण अस्पताल तथा मेडिकल कलेजको रुपमा विकास गर्ने जस्ता योजनाहरु पनि रहेको छ।शिक्षाविद् मनप्रसाद वाग्लेले विद्यालयमा विद्यार्थी टिकाउने शिक्षा नीति अवलम्बन गर्न सुझाव दिनुभयो।उहाँले गुणस्तर, सिकाई उपलव्धी, संज्ञान, अभिबृद्धि र सीप, जीवन जीउने कला, विद्यार्थी र अभिभावकको सन्तुष्टि र सिकाइको दिगोपन ल्याउने नीति आवश्यक रहेको बताउनुभयो।कार्यक्रममा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला, पूर्व सचिव बालानन्द पौडेल, सेभ द चिल्डूेनका शिक्षा सल्लाहकार डा. लक्ष्मी पौड्याल, शिक्षाकालागि राष्टिूय अभियान नेपालका महासचिव डिल्लीराम सुवेदीले धारणा राखेका थिए।कर्णालीप्रदेशका १० जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष, शिक्षा समन्वय इकाईका प्रमुख, विद्यालयका प्रअ लगायतको सहभागिता रहेको छ।

Share.

About Author

Leave A Reply