कर्णाली प्रदेस स्तरिय टि ट्वान्टी क्रिकेटको उपाधि सुर्खेतको पोल्टामा ।

0

फागुन २६ सुर्खेत।अपराजित यात्रा कायम राख्दै सुर्खेतले कर्णाली प्रदेस स्तरिय टि ट्वान्टी क्रिकेटको उपाधि आफ्नो पोल्टामा परेको छ।
सुर्खेतको वीरेन्द्रनगरको कालुङचोक मैदानमा भएको फार्इनलमा सुर्खेतले रुकुमलार्इ ३ विकेटले पाखा लगाएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको रुकुमले निर्धारित २० ओबरमा ८ विकेट गुमाएर ११३ रन बनाएको थियो।
रुकुमका दिनेश पुनले ५७ रनको अर्धसतक पुरा गर्दा महेश बिष्टले १८ रन बनाउनुको भयो भने अरुले राम्रो प्रदर्शन गर्न सकेन।
११३ रनको लक्ष्य पक्ष्याएर उच्च मनोबलका साथ मैदानमा उत्रिएकोको सुर्खेतले १८ दशमलब ६ ओभरमा ७ विकेट गुमाएर भेटायो।
सुर्खेतका निश्चल रावलले २९ र सन्देश रावतले २४ को योगदान दिदै खेल आफ्नो पक्षमा पार्न सफल भए ।
रुकुमका युवराज केसीले ३ र बालाराम बुढाले २ विकेट लिएपनी टोलीलार्इ जिताउन सकेनन् सक्नुभएन।
खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सुर्खेतका ललित प्याकुरेल म्यान अफ म्याच घोषित हुनुभयो।
कर्णाली प्रदेसको क्रिकेट टोली छनोटकालागि गरिएको लिग प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो।

Share.

About Author

Leave A Reply